नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण

नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण


राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्रीसहित तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार साँझ आयोजित एक समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति भण्डारीले उपप्रधान तथा बिनाविभागीय मन्त्री कमल थापा र बिनाविभागीय मन्त्रीहरू जयन्त चन्द, दीलनाथ गिरी, बिक्रमबहादुर थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

समारोहमा उपप्रधानमन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो ।