राप्रापालाई भित्र्याएपछि माओवादी मन्त्रीहरुले छाडे मन्त्रालय

राप्रापालाई भित्र्याएपछि माओवादी मन्त्रीहरुले छाडे मन्त्रालय


प्रतिपक्षी दल नेकपा एमाले लगायतको बिरोधका बाबजुद प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रापालाई सरकारमा भित्र्याएलगत्तै नेकपा माओवादी केन्द्रका मन्त्रीहरु मन्त्रालय आउन छाडेका छन् ।

हिजो शनिवार उपप्रधान एवं बिनाविभागीय मन्त्रीको हैसियतमा राप्रापा अध्यक्ष कमल थापासहित ४ मन्त्री, ४ जना राज्यमन्त्रीलाई सरकारमा सामेल गराएका थिए । ब्यवस्थापिका संसदको अन्तिम बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतमा बोल्दै एमाले अध्यक्ष केपि शर्मा ओलीले मन्त्रीपरिषद बिस्तार गर्ने निर्णय सच्चयाउन आग्रह गरेका थिए ।

तर नयाँ मन्त्रहिरुको सपथग्रहण गराइएको भोलीपल्ट आइतबार दिउसो १ बजेसम्म माओवादीको तर्फबाट सरकारमा मन्त्री रहेकाहरु मन्त्रालय पुगेका छैनन् । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा पौनै ११बजेतिर केहिसमयका लागि पुगेपनि आधाघण्टामै फेरि निस्कोका छन् ।

सिंघदरवार श्रोतले भन्यो ‘अरु दिन ११ बजेसम्म आइपुग्ने गरेका मन्त्रीहरु आज भने कोही आएका छैनन ।’ ‘गृहमन्त्री जनार्दन शर्माले निवासबाटै मनत्रालयको कामकाज हेरेका छन्’ श्रोतले भने माओवादीका तर्फबाट सरकारमा नेतृत्व गरेर गएका उपप्रधान तथा परराष्ट्रमन्त्री महराले त मन्त्रालयको कार्यकक्ष नै छाडेका छन् । उनी आइतवार आफ्नो कार्यकक्षबाट निस्केका छन् ।

मन्त्रालय स्रोेतका अनुसार महराले मन्त्रालयमा रहेका आफ्ना ब्यक्तिगत तथा कामकाजका समानहरु पनि लिएर गएका छन् । उनी फेरि फर्कन्छन वा फर्कदैनन,त्यस्को कुनै निश्चित छैन । तर महराका स्वकीय सचिव रहेका छोरा राहुल महराले भने मन्त्रालय नछाडिएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई हटाउने वा विनाविभागीय बनाउने चर्चा भैरहदा महराले मन्त्रालयको कार्यकक्षमा रहेका आफ्न समान बोकेर हिडेपछि कर्मचारीले यसलाई चासोपूर्वक हेरेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार नै संसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका मन्त्री हटाउने संकेत गरेका थिए । देउवाले केही दिनमा मन्त्री घट्न सक्ने बताएका थिए ।

प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सहभागी गराएपछि शुक्रबार माओवादी केन्द्रको बैठक बसेको थियो । तर, उसले आफ्ना मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको थियो भने माओवादी स्वयंले नछाडे उस्को मन्त्रीहरुलाई दिइइएको जिम्मेवारी खोस्दै बिनाबिभागियको हैसियतमा मात्र बसनुपर्ने योजनाको संकेत गरेक थिए ।