मनाङका चार दर्जन युवा कांग्रेसमा प्रवेश

मनाङका चार दर्जन युवा कांग्रेसमा प्रवेश


नेपाली कांग्रेस मनाङमा आइतबार चार दर्जन बढि युवाहरु पार्टी प्रवेश गरेका छन् । संघ र प्रदेश निर्बाचनको संघारमा कांग्रेस मनाङले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा यतिका युवाहरु प्रवेश एमाले माओवादी तथा राप्रपा पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

पूर्ब श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टी प्रवेश गरेका युवाहरुलाई खादा तथा अविर लगाएर स्वागत गरिएको गुनराज गुरुङले जानकारी दिए । उनका अनुसार मनाङको ताल, धारापानी, ओडार, खोत्रो, दानाक्यू, ताँचै, नाँचै र घेराङका युवाहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा नवप्रवेशीहरुलाई स्वागत गर्दै पूर्ब श्रम तथा रोजगार राज्यमन्त्री गुरुङले संघ र प्रदेश दुबै निर्बाचनबाट मनाङ कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिए । उनले सबै कार्यकर्ताहरु एक भएर लागेमा दुबै निर्बाचन जित्न गाह्रो नभएको बताए ।