कुन खानामा कुन–कुन भिटामिन ?

कुन खानामा कुन–कुन भिटामिन ?


शारीरिक रूपले फिट एवम् स्वस्थ रहनका लागि सन्तुलित खानपानको अहम् भूमिका रहन्छ । खाने समय, खानेकुराको छनोट तथा मात्रा सही रहेमा बिमारी तथा रोगहरूबाट हरदम बच्न सकिन्छ । बालबालिका, वृद्धवृद्धा, महिला, पुरुष सबैका लागि भिटामिन, कार्बोहाइड्रेड, आइरन, चिल्लो पदार्थ जस्ता खानेकुराको आवश्यकता रहन्छ । कुन फल तथा तरकारीमा कस्ता भिटामिन रहेका हुन्छन्, जानौँ ।

– भिटामिन ‘ए’ (भिटामिन ‘ए’का श्रोतहरू) :
आँखा तथा हड्डीहरूका लागि भिटामिन ए अत्यन्त आवश्यक तत्व हो । दुध, डेरी प्रोडक्टस्, सखरखण्ड, गाजर, ब्रोकाउली, तरबुजा, मेवा, आँप आदिमा भिटामिन ए बढी मात्रामा पाइन्छ ।

– भिटामिन ‘के’ ( भिटामिन ‘के’का श्रोतहरू) :
भिटामिन ‘के’ले ब्लड क्लटिङ हुनुबाट बचाउँछ । पालक, हरिया साग, सोयाबिन आयलको सेवनबाट शरीरमा यसको आपूर्ति हुन्छ ।

– भिटामिन बी ६ (भिटामिन बी ६ का श्रोतहरू) :
इम्यून सिस्टमलाई बलियो तुल्याउन भिटामिन बी ६ को आवश्यकता पर्दछ । यदि यस भिटामिनको कमी भएर समस्यामा परिएको छ भने सिमी जातका तरकारी, बदाम जातका उत्पादन, अण्डा, माछा, अन्न एवम् आलुमा जोड दिनु पर्दछ ।

– भिटामिन बी १२ ( भटामिन बी १२ का श्रोतहरू) :
शरीरमा रगतको मात्रा बढाउन एवम् दिमागलाई सही तवरले सञ्चालनमा राख्न भिटामिन बी १२ निकै सहयोगी हुन्छ । मटन, चिकन, दुध, दही, पनिर, अण्डा जस खानेकुरामा भिटामिन बी १२ प्रचुर मात्रामा पाइन्छ ।

– भिटामिन सी ए (भिटामिन सी ए का श्रोतहरू) :
पुरुषका हड्डीहरू, मसल्स, नर्व एवम् हर्टको बलिष्टशाली बनाउन भिटामिन सी ए आवश्यक पर्छ । किनकि, यी खानेकुराहरू क्याल्सियमका ठूला श्रोत हुन् । दुध, माछा, बदाम, डेरी प्रोडक्टस्को सेवनबाट यसको परिपूर्ति हुन्छ ।

– भिटामिन डी (भिटामिन डी का श्रोतहरू) :
बढ्दो उमेरको प्रभाव कम गर्नको लागि भिटामिन डी आवश्यक पर्छ । यो भिटामिनले हड्डी पनि मजवुत बनाइदिन्छ । माछा, दुध, पनीर यस भिटामिनका महत्वपूर्ण श्रोत हुन् ।

– भिटामिन पी (भिटामिन पी का श्रोतहरू) :
हेपेरिन नामले पनि चिनिने यस रसायनिक पदार्थ एक प्रकारको गुलियो स्वाद महसुस हुने खुर्सानीमा पाइन्छ । कतिपय वैज्ञानिकहरूको धारणा छ कि यसले रक्तकोशिकाहरूलाई दृढ तुल्याउँछ । यसको कमी भएमा रक्तश्रावको सम्भावना अधिक रहन्छ ।

उपरोक्त जानकारीका आधारमा भन्न किन्छ कि भिटामिन यस्ता खाद्यांश हुन् जो दिन–प्रतिदिनको भोजनबाट शरीरलाई हासिल हुन्छ । यी भिटामिनहरूको नियमित आपूर्ति तब मात्र सम्भव हुन्छ जब खानामा सन्तुलित व्यवहार अवलम्बन गरिन्छ । उल्लेखित खानेकुराहरू मात्रा मिलाएर दिनहुँ लिएमा यथोचित मात्रामा शरीरले आवश्यक भिटामिन पाइरहन्छ र मानिस स्वस्थ रहन्छ ।