लमजुङ र मनाङमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

लमजुङ र मनाङमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


लमजुङ र हिमाली जिल्ला मनाङमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुबै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

लमजुङमा साविकको जिल्ला विकास समितीको कार्यालयको भवनमा कार्यालय स्थापना गरिएको छ भने मनाङमा अदालत परिसरमा कार्यालय स्थापना गरिएको छ । कार्यालयको जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचर्यले उद्घाटन गरेका थिए ।

उता मनाङमा जिल्ला न्यायधिस दीपक ढकालले उद्घाटन गरेका हुन् । कार्यालय स्थापनासँगै निर्वाचन सम्बन्धी काम सुरु भएको मुख्य निर्वाचन अधिकृतहरुले बताएका छन् ।