सुपरमार्केटमा बेचिन्छ मिति सकिएका गुणस्तहिन सामान

सुपरमार्केटमा बेचिन्छ मिति सकिएका गुणस्तहिन सामान


रोशन कार्की

उपत्यका लगायत देशका विभिन्न स्थानमा सर्वसुलभ, सस्तो र गुणस्तरिय सामानहरुको बिक्री वितरण गर्ने भन्दै सरकारसंग अनुमति लिएर सञ्चालनमा रहेका अधिकाशं सुपरमार्केटभित्र अबैध कारोबार हुने गरेको खुलासा भएको छ । जुन उदेश्यले स्थापना गरिएका अधिकाशं सुपरमार्केटहरु उच्च ओहोदाको पहुँचको भरमा करोडौ रुपैयाँको राजस्व छली गरि रातारात धनी बनेको प्रमाण पछिल्ला गतिविधिबाट खुलेको हो । अत्याधिक रुपमा आफुखुशी मुल्यबृद्धि, कालाबजारी र कृत्तिम अभाब सृजना गरेर उपभोक्तालाई मंहगोमा सामान बिक्री गर्दै आएको नाम चलेका सुपरमार्केट सञ्चालकले गुणस्तहिन र प्रयोग मिति सकिएका सामानको बिक्री गर्दै आएको भेटिएको छ ।

प्रयोग अबधि सकिएका गुणस्तहिन सामानलाई होलसेलमा खरिद गरि ल्याएर नयाँ ‘ट्याग’ लगाई बिक्री गर्ने विग मार्ट नामका सुरपमार्केटलाई सम्बन्धित निकायले समयमा कारबाही गर्न नसक्दा हजारौ उपभोक्ता दैनिक रुपमा ठगीन बाध्य भएका छन् । कालाबजारी गरि अत्याधिक रुपमा सामान बिक्री गर्ने तर उपभोक्तालाई मुल्यअभिबृद्धि कर (भ्याट) विल समेत नदिने विगमार्ट सुपरमार्केटले मासिक न्यूतमन १ करोड रुपैयाँभन्दा बढी राजस्व छली गर्ने गरेको आन्तरिक राजस्व विभागको अनुमान रहेको छ । सो सुपरमार्केटबाट प्रिन्टेड विल नर्मल विल दिने र सोही विलमा भ्याट असुली गरेको उल्लेख गर्ने गरेका पाईएको छ ।

सरकारी निकायबाट प्रमाणित नगरिएका विलहरुमा सामान बिक्रीको मुल्य राखी उपभोक्तालाई दिने गरेको तर सरकारी निकायमा पेश गर्नु पर्ने विलमा मासिक रुपमा घाटा भएको उल्लेख गर्दै कर मिनाहा गर्न निबेदन समेत दिएका छन् ।  राजधानीको विभिन्न स्थानमा सञ्चालित सो सुपरमार्केटभित्र हुण्डीको समेत कारोबार हुने गरेको आरोप लागेको छ । शान्तिनगर गेटमा सञ्चालिन विग मार्टमा कार्यरत एक कर्मचारीले नाम नलेख्ने सर्तमा भने,‘हामीलाई भ्याट विल नदिनु भन्ने आदेश छ, प्रिन्टेड विलमै भ्याट जोडेका छौ, अरु हामीलाई केही भन्न मिल्दैन् ।’ ती कर्मचारीले महिनाको अन्तिममा भ्याट विल तयार गरेर घाटा लागेको विवरण तयार समेत गर्ने गरेको खुलाए ।

विगमार्टमा गुणस्तहिन र मिति समाप्त भएका सामानहरु बिक्री गरेको आरोपमा सरकारी अनुगमन टोलीले गत वर्ष विगमार्टमा सिल लगाएको थियो । सो सुपरमार्केटका अधिकाशं शाखामा जिरा, मसला, नुन, मैदा, सोयाबिन, बदाम, बेसनको मैदा, सुजी र थरिथरिका दाल, लगायत अत्याबश्यक खाद्य बस्तुहरुमा आफुखुशी मुल्य राख्नुको साथै गुणतहिन भएको भन्दै बिक्री वितरणमा रोक लगाएकपनि उच्च पदस्थ कर्मचारीको पहुँचमा विना कारबाही सिल व्यापारीले नै तोडेका थिए ।

सो सुपरमार्केटमा तीन बर्षअघि नै म्याद सकिएका सामाग्री भेटिएको अनुगमन टोलीले जनाएको थियो । कतिपयको लेभल हटाएर नयाँ लेभल लगाइएको पाइएको छ । अखाद्य बस्तु भेटिएपछि सो प्रोडक्टमा अनुगमन टोलीले सिलबन्दी गरेको भएपनि सम्बन्धित निकायले कारबाही नै नगरि छोडिदिएको छ । सुपरमार्केटमा दुई थरी कमजोरी भेटिएको छ । एउटा सस्तो सामानलाई अत्याधिक मूल्यमा बेचेर कालोबजारी गरेको समेत अनुगमनबाट खुलेको छ ।

सुपरमार्केटले मिति गुज्रिएका खाद्य सामाग्रीको लेबल फरेर बिक्री गरेको समेत आरोप लागेको छ । भ्याटमा दार्ता गरेपनि कारोबार भने गोप्य राख्दै न्यूनतम कर मात्र बुझाउदै आएका छ । अधिकाशं नक्कली भ्याट बिल प्रयोग गरेर कारोबार गर्दै आएका आरोप सो कम्पनीमाथी लागेको छ । बाणिज्य मन्त्रालयले सो सुपरमार्केटका गोदामहरुबाट दर्जन बढि वस्तुहरुको नमुना संकलन गरिनुका साथै शंकास्पद बिजक र अन्य कागजपत्र नियन्त्रणमा लिएर गएको भएपनि के कारबाही भयो भन्ने बारे अझै सार्वजनिक भएको छैन ।

राजस्व विभागले भ्याट छली गर्नेहरुको छानविन गर्दा नै सो सुपरमार्केट समेत परेको थियो । भ्याट छली समितिले ‘झुटा एवं नक्कली मुल्य अभिवृद्धि कर विजकबाट भएको कर छली सम्बन्धमा अध्ययन तथा छानविन प्रतिबेदन समेत सम्बन्धित निकायमा बुझाएपनि अझै कारबाही भने सरकारले गर्न सकेको छैन् । सो सुपरमार्केटले कर छली गर्ने गरेको उल्लेख छ ।

बिगमार्ट नामको सुपरमार्केटलाई सरकारी अनुगमन टोलीले सिल लगाएको ३ घण्टा वित्न नपाउदै मार्केटका मालिकले सिल तोडी सामान बिक्री गरेको भएपनि कुनै कारबाही भने भएन । सरकारी टोलीले अनुगमन टोली बनाई कार्यसम्पादनमा लाग्दै गर्दा व्यवसायीले भने सरकारको निर्देशनलाई अटेर गर्र्दै गुणस्तहिन सामान बिक्री वितरण गरिनै रहेका छन् ।

सो सुपरमार्केटमा आपूर्ति मन्त्रालयबाट खटिएको अनुगमन टोलीले कालोपुलस्थित बिगमार्ट, शान्तिनगरमा सिलबन्द गरेको थियो । तर सुपरमार्केटमै उपभोग्य म्याद नाघेका सामग्री भेटिपछि टोलीले बिग मार्टको चारवटा सटरमा सिलबन्दी गरेको थियो । सो सम्बन्धमा सो मार्टका मेनेजर, मार्केटिङ ब्राडिङ प्रमुख अन्तिम रन्जीतलाई पटक÷पटक सम्र्पक गर्दा उनी सम्र्पकमा आउन चाहेनन् ।