गोदावरी पुष्पमेलाबाट ५२ लाखको कारोबार

गोदावरी पुष्पमेलाबाट ५२ लाखको कारोबार


ललितपुरको जावलाखेलमा ४ दिनसम्म चलेको ११ औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी सम्पन्न भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आगन वरिपरि’ भन्ने नाराका साथ पुष्प व्यवसायीहरूको छाता संगठन फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा गत २६ गते देखि सुरु भएको उक्त मेलामा ३७ हजार भन्दा वढिले अवलोकन गरेका र मेलामा ५२ लाख भन्दा बढिको कारोवार भएको मेला संयोजक रामजी तिमिल्सिनाले जानकारी दिए ।

तिहार लक्षित प्रदर्शनी जावलाखेलको खेल मैदानमा सञ्चालन भएको थियो । मेलामा व्यावसायिक स्टलहरू ४४ ओटा, सुचनामुलक स्टल ३ ओटा, प्रतीस्पर्धात्मक ३ ओटा गरि जम्मा ५० ओटा स्टल राखिएका थिए । नेपालमा सन १९५० बाट सामान्य स्तरवाट सुरु भएको पुष्प व्यावसाय शहरीकरणको विकास तथा विस्तार सँगै पुष्प व्यावसायको केन्द्र काठमाडौं मात्रै नभएर पोखरा, नारायणघाँट, हेटौंडा, काभ्रे, विराटनगर, धरान, धनगढी लगायतका ठाँउहरुमा फैलिदै गएको छ ।

नेपालमा पुष्प व्यावसाय आर्थीक वर्ष २०७३/७४ सम्म आईपुग्दा हाल लगभग ३९ जिल्लामा लगभग ६ सय ७८ पुष्पव्यावसाय विस्तार भईसकेका छन भने १ सय ५३ क्षेत्रफलमा पुष्प व्यावसाय हुने गरेको छ । गत आर्थीक वर्षमा एक अर्व ७१ करोड वरावरको कारेवार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।