लमजुङ वचत तथा ऋण सहकारी सस्थाले द्धन्दपिडित बालबालिकाहरुलाई पोषाक सहयोग गरेको छ । सहकारी नियम अनुसार सस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत १३ जना बालवालिकाहरुलाई पोषाक सहयोग गरेको हो ।
सस्थाले आफ्नो १७ औ बार्षिक साधारण सभा समारोहको अवसरमा बेसीशहरस्थित आदर्श महिला तथा वाल विकास केन्द्रमा रहेका द्धन्दपिडित बालबालिकाहरुलाई पोषाक हस्तान्तरण गरेको हो ।
साकोसका अध्यक्ष नारायण प्रसाद घिमीरेको अध्यक्षतामा भएको कार्यक्रममा बेसीशहर नगरपालिका प्रमूख गुमानसिँह अर्याल प्रमूख अतिथि रहनुभएको थियो । कार्यक्रममा लमजुङ उद्योग बाणिज्य सँघका अध्यक्ष राजेश थापा र आदर्श महिला तथा बाल विकास केन्द्रका अध्यक्ष सानुमाया गुरुङको विशेष अतिथ्यता रहेको थियो ।
सँस्थाले साधरण सभाको अवसरमा सस्थाका उत्कृष्ट कार्यसम्पादान गर्ने सञ्चालक समिति, उत्कृष्ट कारोवार गर्ने पुरुष तथा महिला सेवाग्राहि, शेयर सदस्य एवं कर्मचारीहरुलाई विशेष सम्मान गरेको थियो ।
२०५७ सालबाट बेसीशहरमा सञ्चालनमा आएको सो सस्थाले पछिल्लो आर्थिक वर्षमा ३० करोड ९६ लाख भन्दा बढि कारोवार गरेको जनाएको छ । सस्थामा तिनहजार सातसय ७३ सदस्य रहेका छन् ।
प्रतिक्रिया