अन्ततः बाम गठवन्धनलाई झड्का लाग्ने गरि काङ्ग्रेस–नयाँ शक्तिबीच चुनावमा तालमेल गरेर अघि बढ्ने सहमती जुटेको छ ।
काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवासँग भएको वार्तामा काङ्ग्रेसले गोरखा २ नम्वर क्षेत्रमा नयाँ शक्तिलाई सघाउने भएको हो । यससँगै नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई नेपाली कांग्रेसको चुनाव चिन्ह रुख लिएर गोरखा क्षेत्र नम्वर २ वाट उठ्ने निश्चित भएको छ ।
सहमतीसँगै नेपाली काङ्ग्रेसले भट्टराईलाई सघाउने र १ नम्वर क्षेत्रमा नयाँशक्ति पार्टीले कांङ्ग्रेसलाई सघाउने स्रोत बताउछ ।
नयाँशक्तिले अन्य निर्वाचन क्षेत्रमा पनि कांग्रेससंग चुनावी तालमेलको तयारी गरेको छ । प्रदेश र प्रतिनीधीसभाको आगामी निर्वाचनमा नयाँशक्तिले ११ सिटको माग गरेपछि मिलाउने प्रयास भईरहेको काङ्ग्रेस स्रोत बताउछ ।
यसअघि बामगढवन्धनसंग एकता गरेका भट्टराईले सिटसंख्या बाँडफाँडमा सहमति हुन नसकेपछि गठवन्धनबाट बाहिरिएका थिए । यसअघि गोरखा २ मा काङ्ग्रेसबाट नेतृ कमला पन्त उठाउने तयारी थियो । उनलाई अन्य क्षेत्रमा मिलाउने तयारी भएको समाचार स्रोत बताउछ ।
प्रतिक्रिया