पूर्वी नेपालको खम्बुवान पार्टी राजपा नेपालमा समाहित

पूर्वी नेपालको खम्बुवान पार्टी राजपा नेपालमा समाहित


राष्ट्रिय जनता पार्टी नेपाल र खम्बुवान नेपाल पार्टीबीच सोमवार एकिकरण भएको छ ।  एकिरकरणपछि खम्बुवान पार्टी राजपा नेपालमै गाभिएको छ ।

राजाधानी स्थित कार्की पार्टी प्यालेसमा आयोजित एक औपचारिक कार्यक्रममा यी दुई दलबीच एकिरण घोषणा गरिएको हो ।

खम्बुवानको जनआधार पूर्वी नेपालमा बलियो रहेको बताइएको छ । यो एकिकरणसंगै राजपा नेपाललाई पूर्वी नेपाल अर्थात प्रदेश नम्बर एकको जनआधारमा राहत मिलेको छ ।

खम्बुवानका नेताहरु अब राजपाको उम्मेदवार बन्दै पार्टी झण्डा र चुनाब चिन्ह लिएर निर्बाचनमा भाग लिने छन् । कार्यक्रमा राजपा अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा लगायतले खम्बुवानका अध्यक्ष रामकुमार राईलाई स्वागत गरेका थिए ।

राइले अदिबासी जनजाति, मुस्लिम, थारू र अल्पसंख्यक समुदायको अधिकारका लागि आफू अग्रसर भएको बताए । उनले राजपालाई हिमाली, पहाड़ी, मधेशी, जनजाति, थारू सबैको पार्टी बनाउने उदघोष गरे ।