नैतिकताको आधारमा माओवादीले सरकार छाड्नुपर्छ : लेखक

नैतिकताको आधारमा माओवादीले सरकार छाड्नुपर्छ : लेखक


नेपाली काँग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका मन्त्रीहरुले नैतिकताको आधारमा सरकार छोड्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता लेखकले माओवादी केन्द्रका मन्त्रीहरुले सत्ता नछोड्नेको कारण सत्ता कब्जाको उदाहरण भएको टिप्पणी गरेका हुन ।

नेता लेखकले वाम एकता र चुनावी तालमेलले काँग्रेसलाई कुनै असर नपार्ने बताउदै भने,‘काँग्रेस राणाका बिरुद्धमा एक्लै लड्यो, पञ्चाएतसँग एक्लै लड्यो, राजतन्त्रसँग लड्यो, आफ्नै अस्तित्व र शक्ति भएको पार्टी हो, हामी कसैसँग डराउँदैनौँ।’

आगामी केन्द्र र प्रदेश सभामाको निर्वाचनमा काँग्रेस एक्लै बहुमत ल्याउने भन्दै नेता लेखकले वाम एकताको आयु लामो नहुने दावी गरे ।
वाम एकता सत्ता र सरकारको लागि रचिएको नाराको संज्ञा दिदै नेता लेखकले राष्ट्रहित विपरित वामपन्थीहरु उभिएको बताए ।
उनले भने,‘संसारमा लोकतान्त्रिक शासन प्राणाली स्थापित भैसकेको स्थितिमा नोपलमा निर्वाचनमा बहुमत ल्याएर नेपालमा फेरी क्यूनिष्ट शासनको अभ्यास गर्न खोज्नु लोकतन्त्रको मुल्य भन्दा बाहिर जानु हो ।’