पोखरास्थित अमरसिंह चोकमा रहेको आइल्याण्ड पनि भत्काइयो

पोखरास्थित अमरसिंह चोकमा रहेको आइल्याण्ड पनि भत्काइयो


पोखरास्थित पृथ्वीचोकमा लखन थापाको शालिक भत्काए लगत्तै पोखरा लेखनाथ महानगरपालिकाले अमरसिंहचोकको आइल्याण्ड पनि डोजर लगाएर भत्काएको छ ।

महानगरपालिकाले पोखराको मुख्य चोकमा रहेका भद्दा र फराकिलो आइल्याण्ड भत्काउने अभियानलाई निरन्तरता दिंदै सोमबार राती अमरसिंहचोकको आइल्याण्ड डोजर लगाएर भत्काएको हो ।

पर्यटकिय नगरी पोखरामा पछिल्लो समययता सवारीको बढ्दो चाप, सवारी आवागमनमा अबरोध तथा आवश्यक भन्दा बढी भद्दा आइल्याण्ड भएका कारण ट्राफिक ब्यबस्थापनमा समेत कठिनाइ भएको भन्दै महानगरले अभियान चालाएको महानगरका एक कर्मचारीले बताए ।

उनका अनुसार महानगरको प्रयासमा यसअघि पोखराको पृथ्बीचोक, जिरोकिमी, नारेश्वरको चोक लगायतका स्थानमा रहेका आइल्याण्ड भत्काईसकेको छ । सडक साँघुरो बनाएर बनाइएको शालिक तथा आइल्याण्ड हटाएर फराकिलो बनाउँदै शहर कुरुप नदेखिने बताइएको छ ।