राधिकाका हत्यारालाई युएईबाट नेपाल ल्याइयो

राधिकाका हत्यारालाई युएईबाट नेपाल ल्याइयो


अपहरण गरि शरिर बन्धक पार्ने फरार एक अभियुक्त प्रहरीको फन्दामा परेका छन् । प्रेमिकाकै हत्या गरेर फरार भएका भक्तपुर बागेश्वरीका प्रकाश लामिछानेलाई युएइ प्रहरीले पक्राउ गरी इन्टरपोलमार्फत नेपाल प्रहरीलाई बुझाएको हो ।

लामिछानेलाई काठमाडौं विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । उनले गत फागुन ५ गते प्रेमिका राधिका श्रेष्ठ प्रयोग गरेर ब्यापारी श्यामसुन्दर अग्रवालको अपहरण गरेका थिए । अपहरणपछि लामिछानेले प्रेमिकाकै हत्या गरी फरार भएका थिए ।

लामिछानेकै योजनामा राधिकाले अग्रवाललाई जरुरी काम छ भन्दै सुन्धाराको होटलमा बोलाएकी थिइन् । होटल पुगेका अग्रवाललाई नियन्त्रणमा लिइ उनीहरुले १० लाख रुपैयाँ फिरौती लिएका थिए ।

अग्रवाललाई होटलमा नै थुनेर उनीहरु लामिछानेको भक्तपुरस्थित घरमा गएका थिए । भक्तपुर पुगेपछि अपरहणको पोल खुल्ने डरले लामिछानेले प्रेमिकाको हत्या गरेका थिए ।

लामिछानेले राधिकाको हत्या गरी घर भन्दा २ सय मिटर टाढा मुहानपोखरीमा कार्टुनमा हालेर फालेका थिए ।
अपहरणमा सम्लग्न सरोज घोरासैनी र किशोर गिरीलाई अपराध महाशाखाको टोलीले यसअघि पक्राउ गरिसकेको छ ।

लामिछाने युएइमा फिलिप्स कम्पनीमा काम गर्दथे । उनी गत जनवरीमा दिल्ली हुदैँ युएइ गएको खुल्न आएको छ ।

घटना यस्तो थियो

गत चैत्र ५ गते ब्यापारी श्याम सुन्दर अग्रवाललाई उनको पसलमा काम गर्ने धादिङ्, थाक्रे ४ घर भई काठमांडौ कालिमाटी क्लब गल्लीमा डेरा गरि बस्ने २४ वर्षिया राधिका सुनार श्रेष्ठलाई प्रयोग गरेर किशोर गिरी र सरोज घोरासैनी समेतको सहयोगमा अपहरण गरी काठमाडौको सुन्धारा स्थित सनराईज होटलमा बन्धक बनाई कुटपिट समेत गर निज सँग भएको रकम लिई बैंकको खाली चेकमा समेत जबरजस्ती दस्तख्त गर्न लगाई जम्मा १० लाख ७० हजार लिइयो ।

घटनाबारे खुल्ने डरले तिनै जना मिलेर राधिका सुनार श्रेष्ठलाई कर्तव्य गरि हत्या गरेकोमा गत चैत्र २० गते जिल्ला भक्तपुर, नगरकोट नगरपालिका वडा नं ११ मुहानपोखरी स्थित सडक किनारामा थुपारिएको माटोको ढिस्कोमा राधिका सुनार श्रेष्ठको शव फेला प-यो ।

सो घटनामा संलग्न मध्य किशोर गिरी र सरोज घोरासैनी चैत्र ९ गते पक्राउ परे । घटनाका मुख्य अभियुक्त भक्तपुर जिल्ला बागेश्वरी बस्ने प्रकाश लामिछाने दुबई तर्फ फरार भएको अनुसन्धानबाट खुल्न आएको र निज उपर मुलुकी ऐन २०१०, अपहरण तथा शरीर बन्धकको कसुरमा अभियोग दर्ता भएको थियो ।

फरार प्रतिवादी प्रकाश लामिछानेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट रेड कर्नर नोटिस जारि भई ईन्टरपोल मुख्यालय फ्रान्स र ईन्टरपोल अबुधाबीको सहयोगमा पक्राउ गरि नेपाल फिर्ता ल्याईयो ।

उनलाई महानगरीय अपराध महाशाखा, काठमाडौं मार्फत जिल्ला अदालतमा पेश गरि कानुनी प्रक्रिया अघि बढाइएको छ ।