माओवादी सरकारबाट आजै बाहिरिने !

माओवादी सरकारबाट आजै बाहिरिने !


काङ्ग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेको माआवादी केन्द्र आजै सरकारबाट बाहिरिने संकेत देखापरेको छ ।

माओवादीका तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीले आज पत्रकार सम्मेलनको अह्वान गरेका छन् । माओवादीका तर्फबाट सरकारमा नेतृत्व गरेको उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दिउँसो १ बजे र गृहमन्त्री जनार्दन शर्माले पनि दिउँसो २ बजे नै पत्रकार सम्मेलन बोलाएका छन् । एकै दिन माओवादीका दुई मन्त्रीको पत्रकार सम्मेलन गरी विदा लिने तयारीमा रहेको बुझिएको छ ।

उता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केही बेरमा प्रधानमन्त्री देउवालाई भेट्दैछन् । यसअघि माओवादीले चुनावसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने र मन्त्रीहरु फिर्ता नबोलाउने निर्णय गरेपनि पछिल्लो पटक प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापासहित आठ मन्त्री थपेपछि माओवादी माथि नैतिक दबाब शुरु भएको थियो ।

नयाँ मन्त्री सपथ लिएको तीन दिनसम्म पनि विनाविभागीय छन् । प्रधानमन्त्रीले माओवादीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरु हटेपछि मात्रै उनीहरुलाई विभाग तोक्ने तयारी गरेपछि माओवादीलाई थप दबाब परेको थियो । यता एमाले माओवादी पार्टी एकता संयोजक समितिको बैठक बसिरहेको छ ।

सो बैठकमा दुवै पार्टीका अध्यक्ष रहेको र सरकारको विषयमा समेत आधिकारीक धारणा तय गर्ने बताइएको छ ।