रसुवामा निर्माणाधिन १११ मेगावाट क्षमताको रसुवागढीको निर्माण कार्य ४५ प्रतिशत पूरा भएको छ । २०७६ पुसभित्र आयोजना पूरा गरेर विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएको यस आयोजनाले निर्माणको कार्यलाई तिब्रता दिएको हो ।
२०७२ को भूकम्प, भारतीय नाकाबन्दी तथा चिनियाँ ठेकेदारको ढिलासुस्तीका कारण झण्डै एकवर्ष काम रोकिएको रसुवागढी हाइड्रोपावर कम्पनीले जनाएको छ ।
अहिले आयोजनाको बाँध क्षेत्रमा कंक्रिटिङ भइरहेको छ भने विद्युत गृह क्षेत्रको काम पनि तिब्र गतिमा अघि बढेको छ । आयोजनाका अनुसार ४ हजार १ सय ७६ मिटर लामो मुख्य सुरुङमध्ये २ किलोमिटर पूरा भइसकेको छ ।
प्रतिक्रिया