‘अहिले हामी चुनावी तयारीमा लागौं, अन्यत्र आखाँ नलगाऔं’

‘अहिले हामी चुनावी तयारीमा लागौं, अन्यत्र आखाँ नलगाऔं’


एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमार्फत संसदमा नेकपा एमाले बहुमत प्राप्त पहिलो पार्टी बन्ने दाबी गरेका छन् । ‘केहि समयलाई न हो देउवाजीलाई जे-जे गर्न मन लाग्छ गर्न दिनोस् यसपछि जताजतै हाम्रै सरकार हुन्छ ।’ ओलीले भने ‘अहिले हामी चुनावी तयारीमा लागौं, अन्यत्र आखाँ नलगाऔं’ उनले अवको २ महिनापछि एमालेसँग संघीय र प्रादेशिक दुवै सरकार हुने पनि बताए ।

मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आसन्न निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला तथा विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता ओलीले शान्ति र समृद्धिको पक्षमा एमाले अग्रभागमा रहेकाले आगामी निर्वाचनमा पनि एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने दावी गरे ।

हालै सम्मपन्न २ नम्बर प्रदेशको स्थानीय चुनावको परिणामप्रति एमालेलाई चित्त नबुझेपनि बिपक्षीले चलाएको हल्ला जस्तो नभएको बताए । ‘एमालेसँग विचार, नीति, संगठन र जनताको विश्वास छ, भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा एमाले छ । त्यहि भएर जनताले विश्वास गरेका हुन् । एमालेलाई जनताले विश्वास गरेपछि कांग्रेस किन नआत्तिओस ?’ ओलीको भनाई थियो ।

उनले युवाहरुकै कारण एमाले जनताको पार्टी बन्न सफल भएको भन्दै युवाहरुलाइ बधाई पनि दिए । आफु र माधव नेपाललगायतका नेताहरुले जेलनेल भोगेर एमालेलाई यहाँसम्म ल्याइपुर्याएको स्मरण गरेका अध्यक्ष ओलीले देशको प्रमुख पार्टी एमाले बनेकोमा सवैले गर्व गर्नुपर्ने बताए । ‘युवाहरुको भविश्य, देश र भविश्यका लागि सर्वाधिक चिन्तन गर्ने पार्टी एमाले हो’ अध्यक्ष ओलीको भनाई थियो ।

उनले एमाले पार्टी अरु पार्टीसँग तुलाना नै गर्न नहुने बताए । स्थानीय निर्वाचनमा १४ हजार ९८ जना एमालेबाट निर्वाचित भएको तथा कांग्रेसले भन्दा एक लाख बढि मत ल्याएकाले कांग्रेस डराएको बताए । कार्यक्रममा एमाले नेता माधव कुमार नेपालले नोपली कांग्रेस संविधान कार्यन्वयनप्रति गम्भिर नभएको बताए ।

नेता नेपालले अवाश्यक्ता र पार्टी हितमै माओवादीसँग चुनावी तालमेल र एकताको प्रयास गरिएको भन्दै मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनलाई जिताउँन आग्रह गरे ।  कांग्रेसका पछिल्ला गतिविधिप्रति सर्तक रहनुपर्ने भन्दै नेता नेपालले निर्वाचन नगर्न सरकारमा नयाँ गठबन्धन बनिरहेको बताए ।

उनले सर्वदलीय सरकार गठन गर्न प्रयास गर्नुपर्ने बेलामा माओवादीका मन्त्री हटाउन दवाव दिएर कांग्रेस र प्रधानमन्त्रीले लोकतन्त्रको खिल्ली उडाएको बताए । कार्यक्रममा कंग्रेस तनहुका नेता माधव पन्त लगायत काठमाडौका केही खेलाडीहरु एमाले प्रवेश गरेका थिए ।