थापालार्इ ऊर्जा मन्त्रालयको जिम्मेवारी, माओवादीका सबै मन्त्रीको जिम्मेवारी खोसियो

थापालार्इ ऊर्जा मन्त्रालयको जिम्मेवारी, माओवादीका सबै मन्त्रीको जिम्मेवारी खोसियो


प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले सम्हाल्दै आएको जिम्मेवारी खोसेका छन् । प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका सबै मन्त्रीलाई विनाविभागीय बनाएका छन् ।

देउवाले माओवादी केन्द्रका नेताहरुले सम्हाल्दै आएको गृह, परराष्ट्र मन्त्रालय आफूसँगै राखेर राप्रपाका अध्यक्षसमेत रहेका कमल थापालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

देउवा सरकारमा माओवादीको एक मन्त्री यथास्थानमै !

प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका सबै मन्त्रीहरुको जिम्मेवारी खोसिएपनि एक जना मन्त्रिको भने जिम्मेवारी खोसिएका छैनन् । माओवादीबाट जनसंख्या तथा वातावरण मन्त्री भएकी मिथिला चौधरीलाई प्रधानमन्त्री देउवाले यथास्थानमै राखेका हुन् ।

प्रधानमन्त्रीले माओवादी केन्द्रका नौ मन्त्रीलाई विना विभागीय बनाएपनि चौधरीलाई भने जिम्मेवारीबाट हटाएका छैनन् ।

चौधरी पहिला नेकपा संयुक्तबाट मन्त्री भएकी थिईन । तर, संयुक्त पार्टीले माओवादीसँग एकता गरेपछि उनी माओवादीबाट मन्त्री भएकी थिईन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका चार मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड गरेका छन् । उपप्रधानमन्त्री कमल थापाले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । गृहमन्त्रालय भने प्रधानमन्त्रीले आफैं राखेका छन् ।

प्रधानमन्त्रीले गृह र परराष्ट्रको जिम्मेवारी आफैंले राखे

माओवादीलाई जिम्मेवारीबाट हटाएर खाली गराइएको परराष्ट्र मन्त्रालय पनि प्रधानमन्त्रीले आफैं राखेका छन् ।शनिबार सपथ ग्रहण गरेका मन्त्री दिलनाथ गिरीले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने जयन्त चन्दले आपूर्ति मन्त्रालय र विक्रम थापाले महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रंधानमन्त्री देउवाले माओवादीका  मन्त्रीहरुलाई विनाविभागीय बनाएर राप्रपाका मन्त्रीलाई जिम्मेवारी दिएका हुन् ।