सेयरबजारलाई सहयोग पुग्ने ‘डेटा एनालिटिक्स सफ्टवेयर’ सार्वजनिक

सेयरबजारलाई सहयोग पुग्ने ‘डेटा एनालिटिक्स सफ्टवेयर’ सार्वजनिक


मेरो लगानी डटकम दशौं बर्षमा प्रवेश गरेको छ । सन् २००७ अक्टोवरबाट सुरु भएको मेरो लगानी डटकमले दशौँ वार्षिकोत्सव अवसरमा ‘डेटा एनालिटिक्स सफ्टवेयर’ सार्वजनिक गरेको छ । साथै आफ्नो सहप्रकाशन नेपाल जर्नल डटकम समेत औपचारीक रुपमा संचालनमा ल्याएको छ ।

डेटा एनालिटिक्स सफ्टवेयर तथा नेपाल जर्नल डटकमको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एक समारोहबीच सार्वजनिक गरेका छन् । अर्थमन्त्री कार्कीले मेरो लगानीले सार्वजनिक गरेको डेटा एनालिटिक्स सफ्टवेयरले सेयरबजारका लगानीकर्तालाई सूचीकृत कम्पनीहरुको बारेमा विश्लेषण गरी लगानी सम्बन्धी निर्णय लिन सहयोगी हुने बताए ।

मेरो लगानी डटकमका महाप्रबन्धक विजय लुईटेलले मेरो लगानीले सार्वजनिक गरेको डेटा एनालिटिक्स सफ्टवेयरले सेयरबजारमा सूचिकृत रहेका सबै कम्पनीहरुको वित्तीय विवरणहरुलाई विश्लेषण गर्न सहयोग पु¥याउने बताए । उक्त सफ्टवयेरबाट लगानीकर्ताले सूचीकृत कम्पनीहरुको वित्तीय अवस्थाहरुको तुलानात्मक विश्लेषण गरी लगानी सम्बन्धी निर्णय लिन सक्ने बताए ।

उक्त सफ्टवेरमा नेप्सेमा सूचिकृत सबै कम्पनीहरुको विगत पाँचबर्ष यताको सबै डेटाहरु राखिएको छ । सफ्टवेयर प्रयोगकर्ताले आफुले चाहे बमोजिमको डाटाहरु यो सफ्टवेयरबाट लिन सक्नेछन् । यो सफ्टवेयरको अहिले बजारमूल्य वार्षिक ३५ सय रुपैयाँ राखिएको छ ।

महाप्रबन्धक लुईटेलले नेपाल जर्नलले समसामायिक बिषय वस्तुका साथै राजनैतिक क्षेत्रका खबरहरुलाई मुख्य प्राथमिक साथ प्रकाशित गर्ने बताए । लुईटेलले समाजमा रहेका सबै खालका घटनाक्रमहरुको अपडेटका साथै सरोकारवाला निकायहरुलाई खबरदारी गर्न नेपाल जर्नलले भूमिका खेल्ने दाबी गरे ।

धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले स्वदेशी लगानीकर्ताको संरक्षण गर्दै धितोपत्र बजारमा गैरआवाशिय नेपालीको लगानी भित्र्याउन गृहकार्यमा बोर्ड जुटेको जानकारी दिए । उनले गैह्र आवसिय नेपालीले गर्ने लगानीको सिमा, मुनाफा फिर्ता लैजाने लयातका विषय टुङ्याउन बाँकी रहेकाले यसले मुर्त रुप लिन नसकेको बताए ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले विकास बैंक र लघुवित्त कम्पनीको परिसूचक छुट्टाएर बेग्ला बेग्लै बनाउन लागिएको जानकारी दिए । साथै उनले अनलाईन कारोबार छिटो सञ्चालनका लागि आफुले कार्यभार सम्हालेदेखि नै प्रयासरत रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल, आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष पुष्पराज आचार्य तथा ब्रोकर एशोसिएसनका अध्यक्ष प्रियराज रेग्मी लगायतले शुभकामना व्यक्त गरेका थिए ।