पुष्प व्यवसायमा सरकारको लगानी बालुवामा पानी

पुष्प व्यवसायमा सरकारको लगानी बालुवामा पानी


रोशन कार्की

तिहार लगायत अन्य शुभकार्यमा प्रयोग गरिदै आएको फूलको माग अत्याधिकमात्रामा बढ्ेपछि व्यवसायीहरुले भारतबाट आयत गर्न बाध्य भएका छन् । विशेषगरी, तिहारमा प्रयोग हुने फूल माला बिक्री गर्ने र स्वदेशमै उत्पादन गरेर आत्मनिर्भर गराउने भन्दै विभिन्न कार्यक्रम गर्ने व्यवसायीहरुको समेत अन्न्त भारतबाट पूmल ल्याई बिक्री गर्दै आएका छन् । राजधानी लगायत देशभरका बजारमा मखमली र सयपत्री फूल तथा कपडा र प्लास्टिकका फूल बेच्ने व्यवसायीहरु बीच ठूलो प्रतिस्पर्धा नै चलेको छ ।

हाल बजारमा मखमली र सयपत्रीको फूल व्यापार गर्दै आएका व्यापारीहरुले आफुखुशी मुल्य राखी बिक्री गर्र्दै आएका छन् । व्यापारीहरुले मखमलीका फूलका माला २५ रुपैयाँमा किनेर १ सय रुपैयाँमा प्रतिमाला बेच्दै आएका छन् । गोदावरी मिसाएको मखमलीका फूलको माललाई प्रतिमाला ८० रुपैयाँमा बिक्री गर्दै आएका छन् ।  विशेषगरी, भारतको कलकत्ताबाट आयात गरिएका सयपत्री फूलका मालाहरु अहिले बजारभरी बिक्री भई रहेको छ ।

स्वदेशमै आफुखुशी खेती गरेका स्वयम्भू र भक्तपुर लगायत उपत्यका आसपासबाट फूलहरु काठमाडौं ल्याउने गरेपनि सो फूलले माग धान्न नसकेपछि लाखौको फूल भारतबाट आयात हुदै आएको छ । पुष्प व्यावसायलाई अझ व्यावसायिक बनाउने काममा लाग्छु देशमा फूलमा आत्मनिर्भर बनाउने भन्दै विभिन्न कार्यक्रम गर्दै आएको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को सो कार्यभने उही कागजीरुपमा मात्र सिमित हुन पुगेकोछ ।

नेपालमा पुष्प व्यावसाय एउटा फस्टाउँदो व्यावसायको रुपमा अगाडि आएको र केही वर्षमा स्वदेशमै फूलमा आत्मनिर्भर हुने बताएपनि कुनै पनि वर्ष सो निर्भरता हुन सकेको छैन । सो सस्थालाई सरकारले २ वर्ष देखी बजेट छुट्याउँदै आएको छ, गत वर्ष ५ करोड रकम छुट्याएको थियो भने अहिले तोकिए अनुसार काम गर्न नसक्दा ३ करोड रुपैयाँ समेत फ्रिज भएको थियो ।

एशोसियसनलाई कृषि विकास मन्त्रालयले राम्रो पुष्प व्यावसायको विकासका लागि भनि विगत २ वर्ष देखी बजेट छुट्याउँदै आएको हो । सरकारी बजेटमात्र सक्ने हिसाबले सो व्यवसायीहरु लागेकै कारण र औपचारीक रुपमा मेलामात्र गरेर बसेकै कारण भारतबाट लाखौं रुपैयाँको फूल आयात गर्नुपरेको छ ।

तिहारलाईमात्र भारतबाट ३ लाख थान माला आयात भएको छ । १ करोड २० लाख रुपैयाँ खर्चिंदै उक्त सयपत्री माला आयात गरिएको एशोसिएशनले नै जनाएको छ । स्वदेशमै पर्याप्त मात्रामा फूल उत्पादन हुन नसक्दा तिहारलाई लक्षित गरी ती माला आयात गरिएको एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठको भनाइ रहेको छ । गतवर्ष तिहारमा भारतबाट २ लाख थान मात्रै माला आयात गरिएको थियो, यस वर्ष भने माग बढेकाले आयात बढेको हो ।’ नेपालमा वार्षिक १० करोड रुपैयाँबराबरका विभिन्न प्रकारका फूल तथा माला भारतबाट आयात हुने गरेको छ ।