पार्सल पठाउने नाममा करोडौँ ठगी

पार्सल पठाउने नाममा करोडौँ ठगी


बेलायती नागरिक बनेर फेसबुक प्रोफाइल तयार गरी विभिन्न नेपालीजनलाई फ्रेन्ड रिक्वेस्ट पठाई साथी बनाएर ठगी गर्ने गिरोह प्रहरी फन्दामा परेको छ । फेसबुक म्यासेन्जरमार्फत विभिन्न बहुमूल्य सामान, बेलायती पाउन्ड तथा अमेरिकी डलरसमेत भएको पार्सल पठाइदिन्छु भन्ने र सो पार्सल भारतको राजस्व कार्यालयमा रोकिएकाले पार्सल छुटाउन भारत सरकारको नियमअनुसार विभिन्न कर तिर्नुपर्ने भनी आईएमईमार्फत रकम पठाउन लगाई ठगहरूले विभिन्न व्यक्तिबाट कराडौँ रकम असुलेका थिए । ठगी गर्नेले सन्तोष बस्नेत, सीमा गुरुङ, सुनिमाया गुरुङ, भरत कार्की, हिमा माझी, टकमाया कार्कीलगायत नामका नागरिकताबाट विभिन्न मितिमा आईएमईमार्फत रकम भुक्तानी लिएका थिए ।

यस्तो विधि अपनाएर करोडभन्दा बढी ठगी गर्नेहरूमा मोरङ, सुन्दर हरैँचाका ४५ वर्षीय प्रदीप सुब्बा, मोरङ उर्लाबारी घर भई हाल बुढानीलकण्ठ बालुवाखानी बस्ने वर्ष ३६ का पवन न्यौपाने र भोजपुर हतुवाघडी घर भई हाल बुढानीलकण्ठ बस्ने २५ वर्षीय सन्तोष बस्नेत रहेका छन् ।