प्रचण्डलाई फर्काउन अनेकौैँ प्रयास

प्रचण्डलाई फर्काउन अनेकौैँ प्रयास


माओवादी अध्यक्ष प्रचण्डलाई कम्युनिस्ट गठबन्धनबाट फर्काउन शक्तिकेन्द्रहरूबाट विभिन्न प्रयास भइरहेका छन् । यस कार्यमा भारतको राजधानी नयाँदिल्लीमा ‘बाह्रबुँदे’ सम्झौता गराउनेहरूको विशेष सक्रियता देखिएको छ । उनीहरूले प्रचण्डलाई वाम गठबन्धनबाट फिर्ता नभए निकै सकस र सङ्कटमा पर्ने चेतावनी दिएका छन् ।

यसरी चेतावनी दिने हरेकलाई प्रचण्डले भने एकैप्रकारको जवाफ दिने गरेका बुझिएको छ । उनले भन्ने गरेका छन्– ‘एमालेसँग चुनावी गठबन्धन नगर्ने हो भने हाम्रो स्थिति धेरै खराब हुन सक्छ । काङ्ग्रेससँग गठबन्धन नै बनाउँदा पनि हामी दशभन्दा बढी स्थानमा विजयी बन्न सक्दैनौँ, तर एमालेसँग तालमेल गर्दा बीसभन्दा कम सांसद हामीसँग हुने छैनन् । चुनावपछि हामी फेरि काङ्ग्रेससँग मिलेर सरकार गठन गर्न सक्छौँ ।’

प्रचण्डको यस भनाइलाई अर्को पक्षले छलछाम गर्ने प्रयासका रूपमा लिएको छ । यसपटक प्रचण्डका कुरामा ‘मित्रराष्ट्र’ पनि विश्वस्त नहुने देखिएको छ ।