७ जिल्लामा काङ्ग्रेसले टुङ्गायो उम्मेदवार (सुचीसहित)

७ जिल्लामा काङ्ग्रेसले टुङ्गायो उम्मेदवार (सुचीसहित)


सत्तारुढ दल नेपाली काङ्ग्रेसले प्रदेश र प्रतिनिधि सभा चुनावका निम्ति ७ जिल्लामा उम्मेदवार चयन गरेको छ ।

काङ्ग्रेस संसदीय समितिको बैठकले प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रका निम्ति ७ जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।

जसमा ताप्लजुङमा प्रतिनिधि सभाका निम्ति केशवप्रसाद दाहाल, प्रदेश सभाका निम्ति लिलादेवी बोखिम, दिपेन्द्रकुमार सेन्दाङ (ख), पाँचथरमा भिष्मराज आङदाम्बे, प्रदेश सभाका निम्ति नरेन्द्रकुमार केरुङ (क), सुरेन्द्र दाहाल (ख), सोलुखुम्बुमा प्रतिनिधि सभाका निम्ति बलबहादुर केसी, प्रदेशका निम्ति प्रकाशसिंह कार्की (क), अङगेलु शेर्पा(ख), खोटाङमा प्रतिनिधिका निम्ति सरस्वती बजिमय, प्रदेशमा सुभाषकुमार पोखरेल (क), विष्णुकुमार राई (ख), मनाङमा प्रतिनिधिका निम्ति टेकबहादुर गुरुङ, प्रदेशका निम्ति चिन्ताबहादुर घले (क), कर्मा गुरुङ (ख), हुम्लामा प्रतिनिधिका निम्ति मंगल शाही, प्रदेशका निम्ति ठानबहादुर रोकाया (क), जीवनबहादुर शाही (ख), जाजरकोटमा प्रतिनिधिका निम्ति राजिवविक्रम शाह, प्रदेशका निम्ति वेदराज सिंह (क), दिपकजंग शाह (ख) लाई उम्मेदवार खडा गर्ने भएको हो ।

काङ्ग्रेसले केन्द्रीय संसदीय समिति गठन गरेर प्रदेश र प्रतिनिधि सभा चुनावका निम्ति उम्मेदवार चयन गरिरहेको छ । अन्य जिल्लाहरुका निम्ति पनि उम्मेदवार चयन अन्तिम चरणमा पुगेको काङ्ग्रेस नेताहरुले दावी गरेका छन् ।

उम्मेदवार सुची…