सेवारत कुकुरको पुजा यसरी गरियो (तस्बिरसहित)

सेवारत कुकुरको पुजा यसरी गरियो (तस्बिरसहित)


कुकुर तिहारको अवसरमा आज नेपाल प्रहरीको केन्द्रीय प्रहरी कुकुर तालिम विद्यालय महाराजगंजमा नेपाल प्रहरीमा सेवारत कुकुरहरुको पुजा गरि मनाईएको छ ।

सो अवसरमा कुकुरहरुलाई मालाले सजाइएको थियो भने मिठामिठा परिकार समेत खान दिइएको थियो ।

नेपाल प्रहरीमा अपराध अनुसन्धान, विमानस्थल, विशिष्ट व्यक्तिहरुको सुरक्षा लगायतका क्षेत्रहरुमा कुकुरहरुको प्रयोग हुँदै आएको छ ।

नेपाल प्रहरीमा विक्रम संवत २०२६ सालबाट कुकुरहरुको प्रयोग प्रारम्भ भएको हो । नेपाल प्रहरीमा कुकुरको प्रयोग र केहि चर्चित अनुसन्धानका लागि कुकुर तालिम विद्यालयको स्थापना गरिएको नेपाल प्रहरीले जनाएको छ ।

तस्बिरसहित..