मनाङेले मच्चाए आतंक : मनाङ प्रशासनलाई कांग्रेसको ध्यानाकर्षण पत्र

मनाङेले मच्चाए आतंक : मनाङ प्रशासनलाई कांग्रेसको ध्यानाकर्षण पत्र


मनाङको नारफू गाउँपालिकाको मेतामा गुण्डा नाइके राजीव गुरुङ (दीपक मनाङे) ले १० लाख लुटेर ब्यक्ति नै अपहरण गरेपछि नेपाली कांग्रेस मनाङले मनाङ प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ । कांग्रेसले बुधबार गुण्डा नाइके मनाङेका कारण जिल्लामा गुण्डागर्दी मौलाएको र नागरिकहरु असुरक्षित रहेको भन्दै प्रशासन समक्ष ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा फू गाउँका युवाहरु आफ्नो ब्यापार ब्यवसायका लागि पैसा लिएर गाउँ जाँदै गर्दा एमाले मनाङका अध्यक्ष पोल्देन छोपाङ गुरुङ र मनाङेले राती ११ बजे रकम लुटेर कर्मा ओङ्दी लामालाई अपहरण गरेको कार्य निकै अशोभनिय भएको जनाइएको छ । कांग्रेसले मनाङमा राजनितिको नाममा अराजक मौलाएको भन्दै प्रशासनलाई चनाखो रहन समेत आग्रह गरेको छ ।

एमाले मनाङ र मनाङेले कांग्रेसमाथि भ्रामक र कपोकल्पित आरोप लगाएकोले कांग्रेस मनाङले घोर भत्र्सना गरेको छ । २ युवाहरु कर्मा ओङ्दी लामा र टसी छिरिङ लामाबाट रकम लुटेका मनाङे समुहले रकम नार पु¥याएर भोलिपल्ट मात्रै मेतास्थित प्रहरीलाई फिर्ता दिएको घटना निकै संकास्पद भएकोले कांग्रेस मनाङले सत्य तथ्य सार्वजनिक गर्न मनाङ प्रशासनलाई चेतावनी दिएको छ ।

मनाङगेले माथिल्लो मनाङमा मजदुरी गर्दै आएका गोरखालीहरुलाई चुनावमा आफुलाई भोट नहाले हात काटीदिने धम्की दिएपछि मनाङ कांग्रेसले उक्त घटनाको घोर भत्र्सना गरेको छ । निर्बाचनमा भोट कसलाई दिने भन्ने निर्णय गर्ने अधिकार नागरिकको भएकोले धम्की दिएर त्रास फैलाउने कार्य गलत भएको कांग्रेस मनाङको् ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

आका छन् । उनले मत नदिने आफन्तहरुलाई छुट गरेर औंला मात्र काटिदिने र मत नदिने आफन्त नपर्नेहरुलाई हात छिनाउने धम्की दिएका छन् । मनाङगेले अपहरण गर्ने हात काटिदिने कुटपिट गर्न थालेपछि स्थानियहरु आतंकित भएका छन् । स्थानिय प्रसासन भने उनको खातिरदारीमा लागेको गुनासो स्थानिय पिडितहरु बताउँछन् ।

ध्यानाकर्षण पत्र