विदेशमा हुने मोडलिङ क्षेत्रमा समेत नेपाली मोडलहरूको उपस्थिति सुस्तरी बढ्न थालेको छ । यस क्रममा भारतको चर्चित फेशन रियालिटी सो ‘इन्डियाज नेक्स्ट टप मोडल’को सिजन ३ मा नेपाली मोडल सविता कार्कीले सहभागिता जनाउने भएकी छिन् ।
काठमाडौं रहँदैआएकी २३ वर्षीया सविता नेपालकी व्यस्त मोडलमध्येकी एक हुन् । ५ फिट ८ इन्च उचाइ रहेकी सविताले सो कार्यक्रममा उत्कृष्ट १३ मा स्थान बनाउन सफल भएकी हुन् । यसअघि पनि यसै प्रतियोगितात्मक कार्यक्रममा मोडल आस्था पोखरेल एसियाज नेक्स्ट टप मोडलमा सहभागी भएकी थिइन्।
यसपटक इन्डियाज नेक्स्ट टप मोडलको निर्णायकका रूपमा मिलिन्द सोमण, मलाइका अरोरा, अनुशा डन्डेकर र निरज गाबा जस्ता मोडलिङ क्षेत्रका हस्तीहरु रहेका छन्।
– राजन घिमिरे
प्रतिक्रिया