भक्तपुरमा काँग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीच तालमेल

भक्तपुरमा काँग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीच तालमेल


आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भक्तपुरमा नेपाली काँग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीच तालमेल हुने भएको छ । भक्तपुरका ५ क्षेत्रमा काँग्रेसलाई राप्रपा (प्रजातान्त्रिक)ले सघाउने १ क्षेत्रमा काँग्रेसले सघाउने भएको हो

नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले काँग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीच तालमेल गरेर निर्वाचनमा उम्मेदवारी दिने जानकारी दिएका छन् । उनका अनुसार भक्तपुरमा प्रतिनिधिसभातर्फ १ र २ वटै निर्वाचन क्षेत्र तथा प्रदेशसभातर्फ ३ वटामा राप्रपा (प्रजातान्त्रिक)ले काँग्रेसका उम्मेदवारलाई सघाउने र क्षेत्र नं १ को प्रदेशसभा १ मा भने काँग्रेसले राप्रपा (प्रजातान्त्रिक) लाई सघाउने गरी तालमेल हुने भएको छ ।

सभापति थापाले काँग्रेस र राप्रपा (प्रजातान्त्रिक)ले एकले अर्कालाई सघाउने सहमति अन्तिम चरणमा पुगेको र भक्तपुरमा एमालेलाई एक्लो बनाउने गरी तालमेलको लागि छलफल भइरहेको बताएकाछन् ।

काँग्रेसले भक्तपुरमा राप्रपा, नेपाल मजदूर किसान पार्टी, नेकपा (माले) र माओवादी (केन्द्र)सँग तालमेलका बारेमा छलफल चलाइरहेको बताइएको छ । उम्मेदवारको हकमा भक्तपुर काँग्रेसभित्र कुनै विवाद नरहेको प्रष्ट्याउँदै अध्यक्ष थापाले माथिल्लो तहबाट आएको निर्णयअनुसार काँग्रेस अगाडि बढ्ने र आफूलाई काँग्रेस कमजोर रहेको भक्तपुर क्षेत्र नं १ बाट टिकट दिएपनि उठ्न तयार रहेको बताए ।