स्थानीयको श्रमदान र लगानीमा विद्युत् विस्तार

स्थानीयको श्रमदान र लगानीमा विद्युत् विस्तार


स्थानीयको श्रमदान र लगानीमा विद्युत विस्तार गरिएको छ । पाल्पाको माथागढी गाउँपालिका गोठादीमा स्थानियको सक्रियतामा विद्युत् विस्तार भएको हो ।

लामो समयसम्म टुकीको भरमा जीवन गुजारा गरेका यहाँका स्थानीयवासीले श्रमदान र लगानीमा अहिले गाउँमा बिजुली बत्ती बालेका छन् ।

गाउँ नै झिलिमिली हुने गरी ३० किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाबाट बिजुली बलेपछि अहिले गाउँ नै उज्यालोमय बनेको उपभोक्ता समितिका रनबहादुर खाम्चाले बताए । गाउँमा विद्युत् प्राधिकरणद्वारा वितरित विद्युत् पुग्न अझै वर्षौं लाग्छ ।” उनले भने, “हामी स्थानीयको श्रमदान, लगानी र अथक मेहनतमा गाउँमा बिजुली बाल्न सफल भएका छौं । अहिले गाउालेहरु खुशी भएका छन् ।

गोठादीमा गाउँका झण्डै तीनसय घरधुरीमा २४ सै घण्टा बत्ती बाल्ने सुविधा उपभोग गर्न पाएपछि स्थानीय उपाभोक्ता निकै उत्साहित भएको खाम्चाले बताए । उनका अनुसार गाउँको प्रति घरपरिवारबाट झण्डै तीनसय दिन श्रमदान र ३४ हजारका दरले रकम संकलन गरेर गाउँ उज्यालो पारेका हुन् ।

समितिले आयोजना सम्पन्न गर्नका लागि नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रवाट ५२ लाख सहयोग प्राप्त भएको जनाएको छ ।