-शिवराम न्यौपाने
नेपालको कुल जनसङ्ख्यामा ५०.०४ प्रतिशत -२०५८ सालको जनगणनाअनुसार) महिला रहेका छन् । व्यक्ति, परिवार र समाजलाई नैतिकवान र कर्तव्यउन्मुख गराउन महिलाको भूमिका अग्रणी रहने गरेको यथार्थता विभिन्न अनुसन्धान तथा समाजमा देखिएका घटनाहरूले पुष्टि गरेको छ । मुलुकका विभिन्न क्षेत्रमा धुम्रपानरहित समाज, मादकपदार्थरहित समाज, बन्दमुक्त समाजजस्ता सामाजिक स्वरूप तयार गर्ने कार्यमा महिलाको सबल र प्रभावकारी भूमिका पाइनुले यस तथ्यको पुष्टि गर्छ । कुनै पनि विकृतजन्य क्रियाकलापको नियन्त्रणमा महिलाको व्यक्तिगत वा समूहगत प्रयासहरू स्वाभाविक रूपमा प्रभावकारी हुनसक्ने हाम्रो सामाजिक संरचना पनि कायम छ । मूलत: लोग्ने, छोरो र दाजु वा भाइलाई नैतिकवान बनाई सर्त्कर्मतर्फउन्मुख गराउने महिलाको प्रयास तथा आग्रहलाई सामान्यत: पुरुषहरूले र्टार्न नसक्ने पारिवारिक एवम् सामाजिक संस्कारसमेत रहेको छ । यस सर्न्दर्भमा व्यक्ति, परिवार र समग्र समाजमा व्याप्त हुँदै गएको भ्रष्टाचारको नियन्त्रण गर्ने कार्यमा महिलाको भूमिकालाई प्रभावकारी गराउन सकिने तथ्यमा विश्वस्त हुन सकिन्छ ।
र्सार्वजनिक पद धारण गरेको व्यक्तिले अख्तियार दुरुपयोग गर्न व्यक्ति, परिवार र समाजको अनुकूल परिवेशवाट उत्साह प्राप्त गरेको हुन्छ । अधिकार तथा अवसर पाउन सक्ने र्सार्वजनिक पद धारण गरेका व्यक्तिहरूका घर, परिवारका सदस्यहरूका साथै सहकर्मी साथीहरूसमेतले देखाउने लोभ, लालसा, महत्त्वाकाङ्क्षालाई नकार्न नसक्दा व्यक्तिको भ्रष्टाचारतर्फउन्मुख हुने प्रवृत्ति रहेको हुन्छ । मूलत: आफ्नै घरका सदस्यहरूको बढ्दो र धान्न नसक्ने खर्चको प्रवृत्ति, अनावश्यक र खर्चिलो सामाजिक संस्कार असामान्य भोज एवम् जमघट, देखासिखी र आडम्बरी सामाजिक जीवनशैली, एउटैको आयमा परिवारका अन्य सदस्यहरूले जीवन निर्वाह गर्ने परम्परागत संस्कारका कारण परिवार र समाजमा भ्रष्टाचारतर्फो उन्मखुता वृद्धि भएको छ । घर, परिवार, समाजमा व्याप्त यस्ता सामाजिक विकृतिहरूमा महिलाको प्रत्यक्ष र व्यवस्थापकीय सहभागिता रहने गरेको पाइन्छ । यस सर्न्दर्भमा महिलाले परिवार तथा समाजको जीवनशैलीलाई सरल, कम खर्चिलो गराई परिवारका लागि कमाइ गर्ने व्यक्तिको नैतिक आचरण र दायित्व सन्तुलन हुने गरी पारिवारिक भूमिका निर्वाह गर्दा पुरुषहरूबाट हुने भ्रष्टाचारको प्रवृत्तिलाई क्रमश: न्यूनीकरण गर्दै लान सकिने सहज अनुमान गर्न सकिन्छ ।
व्यक्ति, समाज तथा समग्र मुलुकबाट भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा महिलाको भूमिका अग्रणी हुन सक्ने तथ्यमा द्विविधा छैन । भ्रष्टाचार व्यक्तिको भित्री इच्छा र चाहनाबाट नै सम्भव भएको हुन्छ । व्यक्तिको भित्री इच्छा सिर्जना गराउने कार्यमा परिवार नै मुख्य आधार भएको हुन्छ । यस पर्रि्रेक्ष्यमा महिलाले मूलत: परिवारमा भ्रष्टाचारविरुद्धको आफ्नो भूमिका सुदृढ गराउन सक्छन् । र्सार्वजनिक पद धारण गरेका परिवारका व्यक्तिलाई महिलाले नैतिक आचरण र जिम्मेवारीको कमाइतर्फमात्र संलग्न हुन सचेत गराउने, परिवारका सदस्यहरूको जीवनशैलीलाई सरल र स्थानीय सामाजिक परिवेशअनुकूल गराउने, अनावश्यक फजुल र आडम्बरी खर्चमा उन्मुख नहुने, विलासिताका सुविधाहरूका लागि गैरकानुनी कमाइका लागि उत्प्रेरित नगर्ने, असामान्य कमाइमा प्रश्न गरी विरोध गर्ने, बालबालिकाहरूलाई सानैदेखि नैतिक शिक्षा एवम् अनुशासित जीवनको महत्त्व र प्रतिष्ठाको ज्ञान दिने कार्यमा महिलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने हुन्छन् । यसबाट परिवार भित्रबाट भ्रष्टाचारका लागि प्राप्त हुने ऊर्जा घटी व्यक्तिलाई अख्तियारको दुरुपयोग गर्ने प्रवृत्तिबाट नियन्त्रण गर्न सकिन्छ ।
महिला प्राकृतिक रूपमा नै बढी संवेदनशील, अनुशासित, जिम्मेवार, नैतिकवान हुने कारण भ्रष्टाचारका कार्यहरूमा पनि महिलाको संलग्नता कम रहेको पाइएको छ । विभिन्न क्षेत्रमा भएका अध्ययन, अनुसन्धानका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिपोर्टहरूबाट पनि यस तथ्यको पुष्टि भएको छ । सामुदायिक विकास निर्माणको कार्यहरूमा महिलाको सक्रियता बढेका कारण समूहबाट हुनसक्ने कार्यहरूमा महिलाको नेतृत्व वृद्धि हुँदै गएको छ । सामुदायिक वन विकास, सहकारी संस्थाहरूको विकासमा महिला समूहहरूको सहभागिता एवम् सक्रियता व्यापक रूपमा वृद्धि भएको छ । वन क्षेत्रको व्यवस्थापनका साथै सहकारी संस्थाहरूमा हुने भ्रष्टाचारका घटनाहरूमा सामुदायिक अवधारणा आएपछि उल्लेखनीय सुधार आएको महसुस गरिएको छ । यस्ता क्षेत्रहरूमा महिला समूहको व्यवस्थापन एवम् नेतृत्व वृद्धि हुँदै गएको छ । जहाँ भ्रष्टाचारको घटनाहरू न्यून रहेका छन् । महिलाले यस्ता क्षेत्रहरूमा हुन सक्ने भ्रष्टाचारका कार्यहरूविरुद्ध निगरानी राख्नुका साथै भ्रष्टाचारका विरुद्धमा जनचेतना वृद्धि गर्ने छलफल, अन्तरक्रियाका साथै प्रचारप्रसारको कार्यमा भूमिका मजबुत गराउन आवश्यक भएको छ ।
उत्पादन तथा आपूर्ति व्यवस्थापनका क्षेत्रमा हुनसक्ने अनियमितताहरूका विषयमा समेत महिलाको जानकारी बढी हुन सक्छ । वस्तु तथा सेवाको उत्पादनका कार्यमा महिला प्रत्यक्ष रूपमा संलग्न हुने गरेेका हुन्छन् साथै बजारमा आपूर्ति हुने वस्तुको उपभोक्ता मूल्यका साथै वस्तुको गुणस्तरका सम्बन्धमा समेत महिला प्रत्यक्ष जानिफकार हुने भएकाले उत्पादन तथा बजार आपूर्तिका बीचमा हुनसक्ने गैरजिम्मेवारीपूर्ण क्रियाकलापहरूको जानकारी महिलाले सहजै राख्न सक्ने हुन्छन् । यस सर्न्दर्भमा महिलाको थोरै चासो, चेतना र जागरुकताबाट बजार व्यवस्थापनमा हुनसक्ने भ्रष्टाचारका कार्यहरू उजागर गर्न सकिने हुन्छ । यस्ता कार्यहरूको विरुद्धमा महिलाले उपभोक्ता हित समूह बनाई हुनसक्ने आर्थिक तथा सामाजिक अनियमितताहरूका विरुद्धमा निगरानी बर्ढाई भ्रष्टाचार न्यूनीकरण गर्न भूमिका निर्वाह गर्न सक्ने हुन्छन् ।
भ्रष्टाचार गर्ने व्यक्ति समाजकै सदस्य भएर बसेको हुन्छ । भ्रष्टाचारको कमाइलाई समाजमा इज्जत वा स्थान दिने वातावरण रहँदासम्म भ्रष्टाचार नियन्त्रणको प्रयास उपलब्धिमूलक हुन नसक्ने तथ्य र्सवस्वीकार्य छ । अन्य सामाजिक विकृतिहरू नियन्त्रण गर्ने कार्यमा सक्रिय हुँदै आएका महिलाले भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय हुनुपर्ने जरुरी भएको छ । महिलाको चासो, निगरानी र सक्रियताले भ्रष्टाचारीको समाजमा इज्जत, प्रतिष्ठा कम हुने साथै र्सार्वजनिक स्थलमा भ्रष्टाचारका क्रियाकलापहरू स्वाभाविक रूपमा घट्दै जाने हुन्छ । यसका लागि महिलाले समाजमा भ्रष्टाचारविरोधी समूह खडा गर्ने, भ्रष्टाचारको कमाइको चियोचर्चो गर्ने, र्सार्वजनिक सुनुवाइमा भाग लिने, विकास निर्माणका साथै सरकारी सेवा केन्द्रहरूमा नियमित रूपमा सहभागी हुने, भ्रष्टाचारी तथा आडम्बरी जीवनशैलीका विरुद्धमा सामाजिक आवाज बुलन्द गर्नेजस्ता कार्यमा भूमिका निर्वाह गर्नु आवश्यक भएको छ ।
भ्रष्टाचार नियन्त्रणको अभियानलाई सफल गराउन परिवार तथा समाजका महिलालाई सचेत, जागरुक, जिम्मेवार र सहकर्मी बनाउनु भ्रष्टाचारविरुद्धको आधार तयार गर्नु हो । सरकार वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका केही निकायहरूको प्रयासले मात्र भ्रष्टाचार नियन्त्रणको कार्य सफल हुन नसक्ने तथ्य यथार्थ भएका सर्न्दर्भमा महिला समूहलाई जागरुक गराउने सरकारी प्रयास आवश्यक भएको छ । भ्रष्टाचारविरुद्ध महिला समूह बनाउने, विकास निर्माणका कार्यहरूको निगरानी राख्ने, उपभोक्ता समूहमा महिलाहरूको सहभागिता अनिवार्य गराउने, र्सार्वजनिक सुनुवाइलाई अनिवार्य गराउने र यसमा महिलाको पर्याप्त सहभागिता गराउने, नैतिक शिक्षा एवम् चेतनामूलक शिक्षामा महिलाको सहभागिता वृद्धि गर्ने, भ्रष्टाचारविरुद्धका अभियानमा योगदान गर्ने महिला वा महिला समूहलाई पुरस्कारसहित सम्मान गर्ने, भ्रष्टाचारीविरुद्धको अभियानका लागि महिला समूहलाई बिउ पुँजीकोषको व्यवस्था गरिदिने, र्सार्वजनिक सेवाको नियमित निगरानी गर्ने संयन्त्र बनाई यसमा महिलाको सहभागिता वृद्धि गर्नेजस्ता कार्य राज्यका तर्फाट सुनिश्चित गरिनुपर्छ । यसबाट स्थानीय महिला तथा महिला समूहलाई भ्रष्टाचारको विरुद्धमा सक्रिय गराई भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सफलता हासिल गर्न सकिने तथ्यमा विश्वस्त हुन सकिन्छ ।
प्रतिक्रिया