दुवै निर्वाचनले संविधान पूर्ण रुपमा कार्यान्वयनमा आउँछ : प्रधानमन्त्री

दुवै निर्वाचनले संविधान पूर्ण रुपमा कार्यान्वयनमा आउँछ : प्रधानमन्त्री


आगामी मंसिर १० र २१ गते हुन लागेको केन्द्रीय र प्रदेशसभाको निर्वाचनमा सहभागी हुन प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।

नेपाल संवत् ११३८ समारोह समितिद्वारा ललितपुरमा शुक्रबार आयोजित सांस्कृतिक र्‍यालीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मंसिरमा हुने दुवै निर्वाचनले संविधान पूर्णरुपमा कार्यान्वयनमा आउने बताए ।

नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा राज्यले मान्यता दिइसकेकोले नेवार समुदायमा मात्र सीमित नभएर सबैले मनाउनुपर्ने उनको भनाई थियो ।

समितिका अध्यक्ष एवं श्रेष्ठ समाजका महासचिव सुवर्णमान अमात्यले नेपाल संवतलाई राष्ट्रियरुपमा मनाउनुपर्नेमा जोड दिए ।

सोही अवसरमा प्रधानमन्त्री देउवाले सिकर्मी समाजद्वारा प्रकाशित क्यालेन्डरको समेत विमोचन गर्दै नेपाल सम्बतका प्रणेता शंखधर साख्वाको मूर्तिमा माल्यार्पण गरेका थिए ।