सातै प्रदेशमा कांग्रेसको लहर उठेको गच्छदारको दाबी

सातै प्रदेशमा कांग्रेसको लहर उठेको गच्छदारको दाबी


यसैसाता नेपाल लोकतान्त्रिक फोरमलाई नेपाली कांग्रेसमा बिलय गर्दै मातृपार्टी फर्किएका नेपाल सरकारका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आगामी निर्वाचनको परिणाम कांग्रेसमय हुने दाबी गरेका छन् ।

तिहार मनाउन सुनसरी पुग्दै गर्दा शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग गच्छदारले भने, ‘लोकतान्त्रिक फोरम र कांग्रेसबीचको एकीकरणपछि सातवटै प्रदेशमा कांग्रेस लहर उत्पन्न भएको छ ।’

नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेस मधेशी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएकाले एकीकरण भएको तर्क उनले दिए । पार्टी एकीकरणका क्रममा काँंग्रेससँग आपूmलाई उपसभापति पद दिने समझदारी भएको जिकीर गर्दै गच्छदारले फोरम लोकतान्त्रिकका कार्यकर्तालाई पनि केन्द्रदेखि वडासम्म सम्मनजनक ढंगले पद दिने सहमति भएको खुलासा गरे ।

मधेशको माग सर्वप्रथम आफूले उठाएको दाबी गर्दै आएका नेता गच्छदारले मधेस आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्न संसद अवरुद्धसमेत गरिएको प्रसंग उप्काउँदै आफू सदैव मधेशको समस्या समाधान गर्न क्रियाशील रहेको गरे ।