लमजुङमा कांग्रेस भर्सेस वाम गठबन्धन, यस्ता छन् उम्मेदवार

लमजुङमा कांग्रेस भर्सेस वाम गठबन्धन, यस्ता छन् उम्मेदवार


आगामी मंसिरमा हने प्रतिनिधि सभा र प्रदेश सभाका लागि नेपाली काँग्रेस र बाम गठबन्धनबाट उम्मेदवारको टुंगो लागेको छ ।

नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका लागि पूर्व केन्द्रिय सदस्य दीलबहादुर घर्ती चुनावी मैदानमा उत्रनुभएको छ । यस्तै बाम गठबन्धनको तर्फबाट नेकपा माओबादीका देव गुरुङ चुनावी मैदानमा उत्रनुभएको छ ।

घर्ती यसअघि सम्पन्न सविधान सभाको दोश्रो निर्वाचनबाट समानुपातिक सभासद मनोनित हुनुभएको थियो भने उहाँले व्यवस्थापिका संसदमा राज्य व्यवस्था समितिको सभापतीको भूमिका निर्वाह गर्नुभएको थियो ।

नेपाली काँग्रेसमा जिल्लाको राजनितिक एजेण्डामा निर्णायक शक्तिका रुपमा रहनुभएका घर्ती पछिल्लो समय जिल्लाको विकासका लागि विशेष चासो र महत्व दिने नेताको रुपमा रहनुभएको छ ।

बाम गठबन्धनबाट प्रतिनिधी सभा निर्वाचनका लागि उम्मेदवार बन्नुभएका गुरुङ यसअघि सविधान सभाको पहिलो निर्वाचनमा मनाङबाट निवार्चित सभासद हुनुहुन्छ । केन्द्रिय राजनितिमा चर्चित नाम भएपनि नेता गुरुङ लमजुङको लागि भने नयाँ अनुहार हुनुहुन्छ ।

यसैगरी प्रदेश सभा निर्वाचनको लागि क्षेत्र नम्वर १ मा नेपाली काँग्रेसको तर्फबाट गर्जबहादुर गुरुङ उम्मेदवार बन्नुभएको छ भने बाम गठबन्धनबाट नेकपा एमाले जिल्ला कमीटी अध्यक्ष धनन्जय दवाडी उम्मेदवार बन्नुभएको छ ।

यसैगरी क्षेत्र नम्वर २ का लागि नेपाली काँग्रेसको तर्फबाट पूर्व जिल्ला सभापती कृष्ण प्रसाद कोईराला उम्मेदवार बन्नुभएको छ । बाम गठबन्धनबाट भने नेकपा एमाले केन्द्रिय सचिव पृथ्वीसुव्वा गुरुङ उम्मेदवार बन्नुभएको छ ।

यस्तो छ चुनावी रोचक

प्रदेश सभा निर्वाचनका लागि लमजुङमा केही रोचक हुनेभएको छ । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेस लमजुङका पूर्व कार्यबहाक सभापति, नेपाल भूपू सैनिक संघका केन्द्रीय उपाध्यक्ष एबं महाधिबेशन प्रतिनिधि गर्जबहादुर गुरुङ र बाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका धनन्जय दवाडी एउटै गाउँपालिका र एउटै वडाबाट हुन् । दुवैजना पहिलोपटक संसदिय चुनावमा सहभागी भएका हुन् भने उक्त गाउँपालिकाबाट नै संसदिय निर्वाचनमा उम्मेदवारी पाएको पहिलोपटक हो ।

यसैगरी प्रदेश सभाका लागि क्षेत्र नम्वर दुईमा बाम गठबन्धनबाट उम्मेदवारी दिएका पृथ्वीसुव्वा गुरुङ २०४८ साल देखि हालसम्म भएका संसदिय निर्वाचनका एक्ला उम्मेदवार हुन् । नेपाली काँग्रेसका उम्मेदवार रामबहादुर गुरुङ, हरिभक्त अधिकारी, संविधान सभाको दोश्रो निर्वाचनमा चन्द्रबहादुर कुँवरसँग पराजित भएका गुरुङ सविधान सभाको पहिलो निर्वाचनमा एकपटक मात्र विजयी भएका थिए ।