३२ जिल्लामा आज उम्मेदवारी दर्ता

३२ जिल्लामा आज उम्मेदवारी दर्ता


पहिलो चरण अन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज आइतबार दलहरुले उम्मेदवारी दर्ता गर्दै छन् ।

दलहरुलाई निर्बाचन आयोगले मनोनयन दर्ताका लागि विहान १० बजेदेखि ५ बजेम्मको समय दिएको छ । दलहरुले ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि मनोनयन दर्ता गर्नेछन् ।

पहिलो चरणमा देशका गोरखा, लमजुङ, मनाङ, बाग्लुङ, म्याग्दी, मुस्ताङ, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, धादिङ, रसुवा, नुवाकोट, खोटाङ, पाँचथर, ताप्लेजुङ, ओखलढुंगा, भोजपुर, संखुवासभा र सोलुखुम्बु, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा निर्बाचन हुँदैछ ।

पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मत खसाल्नेछन् । निर्वाचन आयोगका अनुसार चार हजार ४६५ मतदान स्थल र दुई हजार ९४६ मतदान केन्द्र रहेको छ ।