एमालेले विश्वास नगरेपछि मनाङे ‘बागी’ उठ्ने

एमालेले विश्वास नगरेपछि मनाङे ‘बागी’ उठ्ने


मनाङ जिल्ला कमिटीले राजिव गुरुङ भनिने गुण्डा नाइके (दीपक मनाङे) लाई प्रदेशसभा क्षेत्र नम्बर ख बाट प्रत्यक्ष उम्मेदवारका लागि नाम सिफारिस गरेपनि केन्द्रिय कमिटीले टिकट नदिएपछि मनाङे एमाले बिरुद्ध नै बागी उठ्ने भएका छन् ।

विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत देशब्यापी रुपमा बिरोध भएपछि गुण्डा नाइके दीपक मनाङेलाई उम्मेदवार बनाउन एमाले पछि हटेको हो ।

जिल्ला कमिटीले सिफरिस गरी पठाएको मनाङेको नामलाई काटेर एमालेले खण्डा लामा गुरुङलाई उम्मेदवार बनाएको हो । लामा र गुरुङ सँगै राप्रपा छोडेर एमालेमा प्रवेश गरेका थिए ।

एमाले स्रोतका अनुसार जिल्लाबाट सर्वसम्मत रुपमा आएपनि मनाङेका कारण देशभर एमालेको बद्नाम हुने भन्दै शीर्ष नेताहरुले मनाङेको नाम हटाइएको हो ।

एक गोप्य स्रोतका अनुसार एमाले मनाङले कांग्रेसको भोट काट्नको लागि दीपक मनाङेलाई बागीको नाटक रच्न लगाएको बुझिएको छ । मनाङे बागी उठे नउठेपनि मनाङ कांग्रेसलाई केही असर नपर्ने बताइएको छ ।