यस्ता छन् माओवादी केन्द्र र एमालेका उम्मेदवार

यस्ता छन् माओवादी केन्द्र र एमालेका उम्मेदवार


आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा (एमाले) र माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति भएपछि केन्द्रले पाउने उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक गरिएको हो ।

पार्टी प्रवक्ता पम्फा भुसालका अनुसार संघीय संसदका उम्मेदवारमा भोजपुरमा सुदन किराँती, सोलुखुम्बुमा हेमकुमार राई, रामेछापमा श्यामकुमार श्रेष्ठ र सिन्धुपाल्चोक क्षेत्र नं १ मा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाइएको छ । त्यसैगरी नुवाकोट क्षेत्र नं १ मा हितबहादुर तामाङ, लमजुङमा देवप्रसाद गुरुङ, गोरखा क्षेत्र नं १ मा हरिराज अधिकारी र २ मा नारायणकाजी श्रेष्ठ, बागलुङ क्षेत्र नं २ मा देवेन्द्र पौडेल तथा रोल्पामा वर्षमान पुन उम्मेदवार बनेका छन् ।

यस्तै, रुकुम (पूर्व)मा कमला रोका, रुकुम (पश्चिम)मा जनार्दन शर्मा, जुम्लामा गजेन्द्र महत, कालीकोटमा दुर्गाबहादुर रावत, हुम्लामा जिमी लामा र जाजरकोटमा शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाइएको छ । बताइएअनुसार ३२ जिल्लाका ३७ प्रतिनिधिसभा सदस्यमध्ये १६ वटामा माओवादी केन्द्रले प्रत्यक्ष उम्मेदवारी दिएको हो । त्यसैगरी सो पार्टीले प्रदेशसभामा ३२ जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

पहिलो चरणमा निर्वाचन हुने जिल्लामा एमालेका उम्मेदवार :

प्रतिनिधिसभातर्फका उम्मेदवार

दार्चुला – गणेशसिंह ठगुन्ना
बाजुरा – लालबहादुर थापा
बैतडी– दामोदर भण्डारी
बझाङ – भैरवबहादुर सिंह
डोल्पा– धनबहादुर बुुढा
मुगु – गोपाल बम
मुस्ताङ – प्रेमप्रसाद तुलाचन
मनाङ – पोल्देन छोपाङ गुरुङ
म्याग्दी– भूपेन्द्रबहादुर थापा
रसुवा – जनार्दन ढकाल
नुवाकोट २ – नारायणप्रसाद खतिवडा
धादिङ १ – भूमि त्रिपाठी
धादिङ २– खेम लोहनी
पाँचथर– वसन्तकुमार नेम्वाङ
ताप्लेजुङ– योगेश भट्टराई
संखुवासभा– राजेन्द्र गौतम
ओखलढुंगा– यज्ञराज सुनुवार
खोटाङ – विशाल भट्टराई

प्रदेशसभा सदस्यतर्फका उम्मेदवार

दार्चुला (क) – वीरबहादुर ठगुन्ना
बाजुरा (क) – बलदेव रेग्मी
बाजुरा (ख) – प्रकाश शाह
बैतडी (ख) – लीलाधर भट्ट
बझाङ – अर्जुन थापा
डोल्पा (क) – नन्दसिंह बुढा
मुगु (क) – दानसिंह परियार
मुगु (ख) – चन्द्रबहादुर शाही
जुम्ला (ख)– पदमबहादुर रोकाय
कालिकोट (क) – कुर्मराज शाही
जाजरकोट (क) – निरज आचार्य
जाजरकोट (ख) – करवीर शाही
मुस्ताङ (क) – इन्द्रधारा विष्ट
मुस्ताङ (ख) – प्रेमप्रसाद तुलाचन
मनाङ (क) – दोर्जे डण्डुल गुरुङ
मनाङ (ख) – खण्डा लामा गुरुङ
म्याग्दी (ख) – नरदेवी पुन
लमजुङ (क) – धनञ्जय दवाडी
लमजुङ (ख) – पृथ्वीसुब्बा गुरुङ
गोरखा (१ (ख) – रामशरण बस्नेत
रसुवा (क) – कन्र्याल तामाङ
नुवाकोट १ (ख)– बद्री मैनाली
नुवाकोट २ (क)– केशव पाण्डे
धादिङ १ (क) – (राजेन्द्रप्रसाद पाण्डे
धादिङ २ (क) – डा रामकुमार अधिकारी
पाँचथर (क) – गणेशकुमार काम्बाङ
ताप्लेजुङ (क) – बलबहादुर साम्सोहाङ
संखुवासभा (ख)– तुलसी न्यौपाने
भोजपुर (क)– राजेन्द्रकुमार राई
भोजपुर (ख)– शेरधन राई
ओखलढुंगा (क) – अमीरबहादुर गुरुङ
सोलुखुम्बु (क) – मानवीर राई
सोलुखुम्बु (ख) – बुद्धिकुमार राजभण्डारी
खोटाङ (क) – राजन राई
रामेछाप (क)– शान्तिप्रसाद पौडेल
रामेछाप (ख)– कैलाश ढुङ्गेल