नेपाली कांग्रेस मनाङका सभापति, पूर्व सांसद एवं पूर्ब श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले आइतबार प्रतिनिधी सभा सदस्यका लागि मनाङबाट मनोनयन गरेका छन् । गुरुङले जिल्लाको पर्यटन विकास, पूर्बाधार विकास, जलविद्युतमा लगानीमैत्री वातावरण र कृषिमा आधुनिकिकरण गर्ने प्रतिबद्धतासहित मनोनयन दर्ता गरेका हुन् ।
०७० सालको संविधान सभाको निर्बाचनमा अत्याधिक मतबाट विजयी भएका कांग्रेस नेता गुरुङले यसपटक पनि प्रतिनिधी सभाको निर्बाचनमा उम्मेदवारी दर्ता गरेका छन् । सांसद भएको ४ बर्षमा मनाङको विकासमा निरन्तर लागि परेका गुरुङले जिल्लाको पूर्बाधार विकासमा निकै धेरै काम गरिसकेका छन् ।
मनाङ सडकको स्तरीकरण आफ्नो पहिलो काम भएको उनले बताए । ‘मन्त्री रहँदा पनि बेसीशहर–चामे सडकको स्तरोन्नतीदेखि केन्द्रबाट बजेट विनियोजन गर्न लगाएँ ।’ उनले भने, ‘४ बर्षको अबधीमा उक्त सडक धेरै नै सुधार भएको छ । पुल निर्माण र अन्य काम भइरहेको छ ।’
हिमाली जिल्ला मनाङ पर्यटनमा अत्याधिक संभावना बोकेको जिल्ला भएकोले थोराङ भञ्ज्याङ, तिलिचो ताल, पोंकर तालसम्म पुग्ने बाटो निर्माणसँगै विश्वविख्यात अन्नपूर्ण पदमार्गको स्तरोन्नतीमा लाग्ने प्रतिनबद्धता जनाएका छन् । यसअघि गुरुङकै सांसद विकास कोषबाट मनास्लु हिमालको बेशक्याम्पसम्म पुग्ने बाटोको निर्माण भएको छ । जुन निर्माणाधिन छ ।
यस्तै, मनाङ जलविद्युतको पनि संभावना भएकोले मस्र्याङ्दी, दूधखोला लगायत अन्य साना खोलाहरुबाट विद्युत निकाल्न सकिने भएकोले लगानीमैत्री वाताववरणको सिर्जना गर्ने गुरुङको प्रतिबद्धता रहेको छ । उनले मनाङ पशुपालन र कृषिमा अब्बल भएकोले मनाङमा स्याउ फलाएर बाहिरी देशबाट स्याउको आयतलाई घटाउन सकिने बताएका छन् । यसका लागि आवश्यक बजेट, तालिम र बिउको ब्यवस्था मिलाउने प्रतिबद्धता गरेका छन् ।
उनले मनाङमा राज्यले अर्ब खर्च गरेर खर्बौ लैजान सक्ने ठाउँ रहेको बताए । यसको विकासका लागि थप समय आवश्यक रहेकोले आफूले उम्मेदवारी दिएको गुरुङ बताउँछन् ।
गुरुङले आठसय नेता तथा कार्यकर्ताबिच बाजा गाजाका साथ आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
उनीसँगै प्रदेश सभाका लागि कांग्रेसका चिन्ता घले र कर्म गुरुङले पनि निर्बाचन कार्यालयमा गएर आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया