मन्त्रिपरिषद बैठक बस्दै, नयाँ मुख्य सचिव नियुक्त गर्ने

मन्त्रिपरिषद बैठक बस्दै, नयाँ मुख्य सचिव नियुक्त गर्ने


अहिले विबहान मन्त्रिपरिषदको बैठक बस्दैछ । बिहान ९ बजेदेखि बस्न लागेको बैठकले नयाँ मुख्य सचिव नियुक्त गर्नेछ ।

मंगलबारदेखि अहिलेका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अवकाश पाउने भएपछि सरकारले नयाँ मुख्यसचिव नियुक्त गर्न लागेको मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

मन्त्रीपरिषद बैठकले केही सचिवको बढुवा र सरुवा गर्ने तयारी गरेको बताइएको छद भने गृह सचिव लोकदर्शन रेग्मीलाई मुख्य सचिव नियुक्त गर्ने तयारी भइरहेको छ ।

उता, गोरखापत्रको महाप्रवन्धक र चलचित्र विकास वोर्डको अध्यक्ष नियुक्त पनि आजैको वैठकले गर्न सक्ने बताइएको छ । गोरखापत्रको महाप्रवन्धकमा पत्रकारहरु वसन्तप्रकाश उपाध्याय, कृष्ण केसी र पोषण केसी लाइनमा छन् ।