गत आर्थिक वर्ष ०७३–७४ को मुनाफाबाट माछापुच्छ्रे बैंक लिमिटेडले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको संञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
लाभांशमध्ये ९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांशको रूपमा वितरण गरिने बैंकले जनाएको छ । लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको साधारणसभाले स्वीकृत गरेपछि मात्रै वितरण हुनेछ ।
कुल चुक्ता पुँजी ७ अर्ब ३७ करोड रूपैयाँ रहेको यस बैंकको हाल प्रक्रियामा रहेको अवितरित हकप्रद सेयरको लिलामीपछि चुक्ता पुँजी बढेर ७ अर्ब ३९ करोड पुग्नेछ । सो पुँजीमा ९ प्रतिशत बोनस सेयर जारी हुँदा चुक्ता पुँजी ८ अर्ब ५ करोड रूपैयाँ पुग्नेछ ।
प्रतिक्रिया