मन्त्रिपरिषद्को बैठक सम्पन्न, मुख्यसचिवमा रेग्मी नियुक्त

मन्त्रिपरिषद्को बैठक सम्पन्न, मुख्यसचिवमा रेग्मी नियुक्त


मन्त्रिपरिषद्को आज बसेको बैठकले लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको छ ।

यसअघिका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि सरकारले गृह सचिव रहेका रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

राजेन्द्रकिशोर क्षेत्री अघिका मुख्यसचिव सोमलाल सुवेदी एसियाली विकास बैंकमा जागिर खानका लागि राजीनामा दिएर गएपछि सरकारले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्ति गरेको थियो ।

रेग्मीसँगै मुख्य सचिवको लाइनमा रहेका शंकर अधिकारी र ङइन्द्रप्रसाद उपाध्याय रहेका थिए ।
रेग्मी २४ औं मुख्यसचिव हुन् ।