युवराज भुसाल पुनर्निर्माण प्राधिकरणको सीईओ नियुक्त

युवराज भुसाल पुनर्निर्माण प्राधिकरणको सीईओ नियुक्त


डा. गोविन्दराज पोखरेलले राजीनामा दिएपछि रिक्त रहेको पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुख अधिकृत (सीईओ) मा पूर्वसचिव युवराज भुसाल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले उनलाई प्राधिकरणको सीईओमा नियुक्त गरेको हो ।

तत्कालिन सीईओ पोखरेलले राजीनामा दिएसँगै सरकारले पूर्व सचिव भुसाललाई सीईओमा नियुक्त गरेको हो ।

आजको बैठकले पोखरेलले दिएको राजीनामा स्वीकृति गर्दै नयाँ सीईओमा रुपमा भुसाललाई नियुक्त गरेको हो ।

भुसाल अर्थसचिवबाट अवकास भएका थिए। उनलाई गभर्नर बनाउनका लागि रामचन्द्र पौडेलले तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालालाई दवाव दिएका थिए।

अहिलेसम्म २ लाख ३५ हजार घर निर्माणधिन रहेको, पुस मसान्तसम्म ३ लाख पुग्ने र असार मसान्तसम्म ४ लाख निर्माणधिन हुनेछ।