सरकारको गृह सचिवमा मोहनकृष्ण र अर्थमा शंकर

सरकारको गृह सचिवमा मोहनकृष्ण र अर्थमा शंकर


सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिवमा मोहनकृष्ण सापकोटालाई र अर्थमा शंकर अधिकारीको सरुवा भएको छ ।

लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गर्दै तीन सचिवको सरुवा गरेको हो । रेग्मी मुख्य सचिवमा गएपछि रिक्त बनेको गृह सचिवमा सापकोटा आएका आएका हुन् । उनी सामान्य प्रशासनमा थिए ।

मुख्य सचिवको लागि एक नम्बरमा रहेका शंकर अधिकारीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । सामान्य प्रशासन सचिवमा रेश्मीराज पाण्डेको पनि सरुवा भएको छ ।

सापकोटा र अधिकारी प्रधानमन्त्री पत्नी आरजु राणा देउवा निकटस्थ मानिन्छन् ।