तीन दशक भारतमा बसेका सिंह कांग्रेसमा प्रवेश

तीन दशक भारतमा बसेका सिंह कांग्रेसमा प्रवेश


व्यवसायी तथा समाजसेवी दिनेश सिंह नेपाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सोमबार विहान कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको हातबाट सदस्यता ग्रहण गरेर विधिवत रुपमा पार्टी प्रवेश गरेका हुन् ।

विगत तीन दशकदेखि भारतको कोलकत्तामा रहेर व्यापार र व्यवसायका साथै समाजसेवामा सरिक सिंह कोलकत्ताको लागि अवैतानिक पर्यटन दुत समेत थिए ।

आफू विगतदेखि नै प्रजातन्त्र र विधिको शासनप्रति झुकाव राख्ने व्यक्ति भएकोले कांग्रेसप्रति पहिल्यैदेखि श्रद्धा भएकोले नै आफू उक्त पार्टीमा प्रवेश गरेको जनाए ।

उनले भने, ‘अब म नेपाल र नेपाली जनताको सेवा गर्छु, नेपाली कांग्रेसजस्तो इतिहास बोकेको पार्टीमा आवद्ध भएको छु, मेरो विवेक र त्याग अब जनतामा समर्पित गर्नेछु ।’ उनले आगामी दिनमा तन, मन र धनका साथ कांग्रेसमा सक्रिय हुने समेत जानकारी दिए ।