कस्तालाई भोट दिने ? यस्तो छ डा. सङ्ग्रौलाको आह्वान

कस्तालाई भोट दिने ? यस्तो छ डा. सङ्ग्रौलाको आह्वान


मुलुक प्रतिनिधि र प्रदेश सभा निर्वाचनको संघारमा छ । विगत लगभग तीन दशकदेखि मुलुकमा हालीमुहाली गर्दै आएका राजनीतिक दल तथा तिनका नेता-कार्यकर्ताहरु नै चुनावी मैदानमा उत्रिँदै छन् । कुनै पनि देशको विकास, प्रगति या समृद्धिको लागि अढाई तीन दशक अवधिले अहम् महत्व राख्दछ । तर, यत्तिका समय नेपाल र नेपालीले भने विभिन्न वाद, विवाद, प्रतिवाद, द्वन्द्व र संक्रमणमै गुजारेका छन् । विज्ञहरुको कुरा पत्याउने हो भने बितेको तीस वर्षमा नेपाल २ सय वर्षले पछि परिसकेको छ ।

सम्भावना नै सम्भावनाले भरिएको सानो र सुन्दर देश नेपालको यस्तो हविगत कसरी भयो होला त ? राष्ट्रवादी चिन्तक एवम बुद्धिजीवी प्राध्यापक डा. युवराज सङ्ग्रौलाले मुलुक अधोगतिमा लाग्नुको जडी कुरा यसरी औंल्याउनुभएको छ ।

उहाँका अनुसार कसरी विकृतिहरु फैलिएका छ्न् र कस्ता विकृति फैलाइएका छ्न् नेपाली समाजलाई ध्वस्त पार्न, हेरौँ :

१. बाबुआमा नै आफ्ना छोराछोरीलाई सबैतिर च्यात्तिएका जिन पाइन्ट किनिदिन्छन्, किन ? किनकि उनिहरुले आधुनिकता भनेको हरेक नेपालीपनको विरोध गर्नु हो भन्ने बुझेका छन् ।

२. गाउँका भट्टीमा विदेशी रक्सी, बियर र कोक-पेप्सी बिक्छ। मानिसहरू यि खराब पेय दूध र अन्न बेचेर पिउँछ्न् । पश्चिमी बहुराष्ट्रिय कम्पनीले बिछ्याएको जालो हो यो। प्रत्येक गरिबको पसिना यसरी धनी देशहरु चुस्छ्न् । नेपाली समाज तहसनहस पार्न रक्सी खुल्ला गरिएको छ।

३. स्कुलमा नेपाली वा मातृभाषा नसिकाउने मात्र होइन, अंग्रेज़ी नबोल्दा बालबालिकालार्इ भाँटा लगाइन्छ। यो योजनाबद्ध हो। स्कुलका नाम पनि पश्चिमी मानिसका नाममा राखिएको छ।

४. नेपाली नामहरु पश्चिमीकरण गरिएको छ। जस्तै एलिना, टिना, जेनिसा, जोन इत्यादि ।

५. तिजमा मादक पदार्थ अनिवार्य भएको छ।

६. श्राद्धमा पनि बफे भोजन पार्टी प्यालेसमा हुन्छ।

७. कपाल खैरो बनाइन्छ। यो फेसन र प्रविधि कसले ल्यायो ?

लर्ड म्याकुलेले १८३० मा भारतलाई उपनिवेशको जाँतोमा पिंध्न योजना बनाउँदा भनेका थिए- ‘भारतलाई अधीनमा राख्ने हो भने उसको संस्कृति समाप्त पार्नुपर्छ।’ नेपालमा अहिले त्यही गरिँदै छ। ढिलाइ हुनुअघि नै आँखा खोलौँ ।

त्यसैले येस्ता विकृतिका विरुद्ध आवाज निकाल्नेलाई मात्र मतदान गरौँ । सयौं युवाहरुले निर्वाचन अनुगमन गर्ने छ्न् । यी विकृतिका विरुद्ध आवाज ननिकाल्नेको नाम हामी प्रकाशित गर्ने छौं र त्यस्तालार्इ मतदान नगर्न आह्वान गर्ने छौँ ।