‘विपीको सपना पूरा गर्न राजनीतिमा आएँ’

‘विपीको सपना पूरा गर्न राजनीतिमा आएँ’


नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले विपीको सपना पूरा गर्नका लागि आफू राजनीतिमा आएको बताएका छन् ।

आफ्नो ५९ औं जन्मोत्सवको अवसरमा महामन्त्री कोइरालाले संचारकर्मीहरु माझ संक्षिप्त कुराकानीमा विपीले देखेको सपना आफूले कुनैपनि हालतमा पूरा गरेर छाड्ने बताएका छन् ।

‘नेपाली काँग्रेस विपीको सपना पूरा गर्ने बाटोमा अगाडि बढेको छ ।’ उनले भने, ‘ सबै एक जुट भएर लाग्ने हो भने विपीको सपना टाढा छैन् ।’

समृद्ध नेपालको चाहना नै विपीको एकमात्र चाहना रहेको भन्दै यसलाई पूरा गर्न आफू अन्तिम समयसम्म पनि लडिरहने बताए । ‘काँग्रेसभित्र आन्तरिक किचलो केही भए पनि त्यसलाई समाधान गरी एक ढिक्का हुनज आवश्यक छ ।’ उनी भन्छन्, ‘एकताले मात्रै मुलुक समृद्धितर्फ जान्छ ।’

आगामी निर्बाचामा सबै एक भएर लागेको खण्डमा काँग्रेसको जीत सुनिश्चित भएको भन्दै सबैले विपी विचारलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।