चुनाव सकिएपछि एमाले माओवादी आ–आफ्नो बाटो लाग्छन् : भट्टराई

चुनाव सकिएपछि एमाले माओवादी आ–आफ्नो बाटो लाग्छन् : भट्टराई


गोरखा क्षेत्र २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले चुनाव सकिएपछि एमाले माओवादी आ–आफ्नो बाटो लाग्ने बताएका छन् ।

गोरखाका पत्रकासँगको भेटघाटमा भट्टराईले एमाले–माओवादी बिचको वाम एकता नभई गठबन्धन मात्र भएको दाबी गरे ।

उनले सत्ता प्राप्तिका लागि मात्र गठबन्धन गरेको भन्दै भट्टराईले निर्बाचन सकिएको भोलिपल्ट एमाले माओवादी आ–आफ्नो बाटो लाग्ने उनले प्रष्ट पारे । ‘पार्टी एकता गरेर अघि बढ्ने भन्दा पनि एमाले र माओवादीबीच सत्तामा को हाबी हुने भन्नेमै तानातान छ’, उनले भने, ‘वाम गठबन्धनभित्र एमाले र माओवादीमै लुछाचुडी छ । यही निषेधकै कारणल वाम गठबन्धन धेरै समय टिक्दैन ।’

निषेधकै कारण आफू वामगठबन्धनबाट बाहिरिन बाध्य भएको उनले प्रष्ट पारे ।

एक अर्को प्रसंगमा भट्टराईले कांग्रेसलाई जरैदेखि उखालेर फ्याक्नुपर्छ भनेर आफूले नभनेको भन्दै सामाजिक सञ्जालले प्रोपोगण्डा बनाएको आरोप लगाए ।