पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङविद्धरु कुनै उजुरी परेको छैन । अन्तिममा एमालेबाट टिकट नपाएपछि उनले एमाले झण्डामुनी बसेरै उम्मेदवारी दिएका हुन् । उनीमाथि कांग्रेस समर्थकले उजुरी दिने आँकलन गरिएको थियो । उजुरी नपरेपछि राजीव गुरुङको उम्मेदवार कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उनले हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका थिए । उनीविरुद्ध कुनै उजुरी नपरेको मनाङको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश दीपक ढकालले बताए ।
उजुरी गर्ने समय सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म थियो । ‘दावीविरोधको समयमा कुनैपनि उम्मेदवारविरुद्ध उजुरी परेन । राजीव गुरुङ विरुद्ध पनि परेन’ उनले भने, ‘उजुरी नपरेपछि अब छानविन गर्नु परेन । भोलि (बुधबार) फिर्ता वा कायम छ, फिर्ता लिनेले फिर्ता लिन सक्छन् ।’
एमालेले टिकट दिने पक्कापक्की भएपछि गुरुङविरुद्ध सार्वजनिक विरोध भएको थियो । मनाङका एमालेले भने उनले मात्रै चुनाव जित्न सक्ने आंकलन गरी सिफारिस गरेका थिए । उनको ठाउँमा पार्टीबाट खण्डा लामा गुरुङलाई टिकट दिइएको थियो ।
प्रतिक्रिया