बालकृष्ण खाँड काँग्रेस प्रचार समितिका संयोजक

बालकृष्ण खाँड काँग्रेस प्रचार समितिका संयोजक


आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि नेपाली काँग्रेसले प्रचार समिति गठन गरेको छ ।

काँग्रेसले संसदीय बोर्डका सदस्य समेत रहेका खाँडलाई मंगलबार समितिको संयोजक तोकेको हो ।

समितिको सहसंयोजकको जिम्मेवारी भने बद्री पाण्डेलाई दिने बताइएको छ ।

गत स्थानीय निर्वाचनको प्रचारप्रसार समितिको संयोजक नेता रमेश लेखक र सहसंयोजक गगन थापामध्ये दुबैजना प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवारी दिने तयारीमा रहेकोले उनीहरुकै प्रस्तावमा खाँडलाई संयोजक तोकिएको कांग्रेस स्रोतले जनाएको छ ।

संयोजक भएसँगै खाँडले समितिको पहिलो बैठक बालुवाटारमा मंगलबार साँझको लागि बोलाएका छन् ।