उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण गरिँदै

उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण गरिँदै


आगामी मंसिर १० गते हुने पहिलो चरण अन्तर्गतको प्रतिनिधी तथा प्रदेश सभाको निर्बाचनका लागि आज आयोगले मनोनयन दर्ता गरेका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण गरिने जनाएको छ ।

आयोगले निर्बाचन कार्यतालिका बमोजिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण गर्न लागेको हो ।

उम्मेदवारहरुमाथि परेको उजुरी र दावी विरोध सकिएपछि आयोगले बुधबार नामावली प्रकाशन गरी चुनाव चिह्न वितरण गर्न लागेको हो

आयोगले आज विहान १० देखि दिउँसो १ बजेसम्मको समय उम्मेदवारी फिर्ता लिनेहरुको लागि छ्ट्याएको छ । मंगलबार दावी विरोधको प्रक्रिया सम्पन्न भएकोले उम्मेदवारहरुले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । गत आइतबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएका थिए ।

आयोगले एकबजे पछाडी अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ भने साँझ ६ बजेभित्र चुनाव चिन्ह वितरण गर्ने कार्यतालिका रहेको जनाएको छ ।

३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर १० मा हुँदैछ भने दोस्रो चरणमा मंसिर २१ गते बाँकी रहेका ४५ जिल्लामा निर्वाचन हुनेछ ।