पूर्वसांसद राज्यलक्ष्मी पाण्डे श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । एकीकृत राप्रपा राष्ट्रवादीबाट नुवाकोट क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएकी पूर्व सांसद श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिँदै कांग्रेस प्रवेश गरेकी हुन् ।
श्रेष्ठले कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीलाई समर्थन र सहयोग गर्न भन्दै आफूले उम्मेदवारी फिर्ता लिएको पनि बताएकी छिन् । कांग्रेस नेता एवं नुवाकोट २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनमा उठेका केसीको पहलमा श्रेष्ठ कांग्रेस प्रवेश गरेकी हुन् ।
सदरमुकाम विदुरमा बुधबार दिउँसो पत्रकार सम्मेलन गरी श्रेष्ठले आफूले उम्मेदवारी फिर्ता लिएको र अब कांग्रेसको राजनीतिमा होमिने बताइन् । ‘आजैका मितिदेखि म कांग्रेस प्रवेश गरेकी छु । अब नुवाकोटका दुवै क्षेत्रमा कांग्रेसलाई विजयी गराउन लाग्छु,’उनले भनिन् ।
हेर्नुस् विज्ञप्ति:

प्रतिक्रिया