सञ्चालनमा नआएका उद्योगलाई तीन महिनाको म्याद

सञ्चालनमा नआएका उद्योगलाई तीन महिनाको म्याद


उद्योग दर्ता प्रमाणपत्रमा उल्लेख भएको अवधिभित्र सञ्चालनमा आउन नसकेका उद्योगलाई उद्योग मन्त्रालयले तीन महिनाभित्र म्याद थप गर्नसक्ने व्यवस्था गरेको छ । मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ५२ अनुसार उद्योग दर्ताको प्रमाणपत्रको अवधिभित्र सञ्चालनमा आउन नसकेका उद्योगलाई तीन महिनाका लागि म्याद थपको व्यवस्था गरेको हो ।

तोकिएको समयभित्र उत्पादन गर्न नसकेका उद्योगलाई एकपटकका लागि बाधा अड्काउ फुकाउन उक्त व्यवस्था गरिएको उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले जानकारी दिए ।

म्याद थपका लागि दिएको समयअवधिसम्म पनि आवेदन नगर्ने उद्योगको औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ८ को उपदफा (५)बमोजिम स्वतः रद्द गरिने मन्त्रालयले जनाएको छ ।