नयाँ शक्तिका कार्यकर्ताहरु भट्टराईलाई छाडेर श्रेष्ठको शरणमा

नयाँ शक्तिका कार्यकर्ताहरु भट्टराईलाई छाडेर श्रेष्ठको शरणमा


गोरखामा नयाँ शक्ति पार्टी नेपालका कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहिबार २ दर्जन बढि युवाहरुले पार्टी अध्यक्ष प्रचण्डको हातबाट टिका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नयाँ शक्तिमा रहँदै आएका पार्टी केन्द्रीय परिषद् सदस्य जीतबहादुर घले, तमु परिषद्का केन्द्रीय सह–ईन्चार्ज आनन्दबहादुर घले, गाउँपालिका संयोजक डम्वरसिंह घले, गाउँ परिषद् सल्लाहकारद्वय डा. जीतबहादुर घले, बलबहादुर घले, बाम बुद्धिजीवी खड्कबहादुर गुरुङ लगायतका नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले गोरखा जिल्ला बामपन्थीहरुको किल्ला भएको बताए । तर उनले यो बताउँर्दै गर्दा स्थानिय तहकाृ निर्बाचनमा ११ स्थानिय तहमध्ये कांग्रेसले ९ स्थानिय तह जितेको थियो ।